टोकियो/जापान। पूर्वी जापान महाभूकम्प र टोकियो इलेक्ट्रिक पावर कम्पनी (TEPCO) को फुकुशिमा दाइइचि परमाणु उर्जा संयन्त्र दुर्घटना भएको १४ वर्ष पूरा भएको छ। समयको क्रममा पुनर्निर्माणका प्राथमिकताहरूमा परिवर्तन देखिन थालेको छ, जसका बीच दीर्घकालीन रूपमा जीविकोपार्जन र पुनर्स्थापनालाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषय अहिलेको प्रमुख चुनौती बनेको छ।
सन् २०११ मार्च ११ को दिउँसो २:४६ बजे, तोहोकु क्षेत्रको समुद्री सतहमा ९ रेक्टर स्केलको महाभूकम्प गयो। त्यसपछि आएको १० मिटरभन्दा अग्लो महासुनामीलो तोहोकु क्षेत्रको तटीय भागमा विनाश गर्यो, जसको प्रभाव कान्तो क्षेत्रसम्म फैलिएको थियो। यस प्राकृतिक विपत्तीमा परि मृतक र बेपत्ता हुनेहरुको २२ हजार २ सय भन्दा बढि रहेको बताईन्छ ।
फुकुशिमा दाइइचि परमाणु संयन्त्रमा, भूकम्प र सुनामीको कारण बिजुली आपूर्ति बन्द भई तीनवटा रिएक्टरमा “मेल्टडाउन” (परमाणु ईन्धन पग्लिनु) भयो, जसले गर्दा ठूलो मात्रामा रेडियोधर्मी पदार्थ निस्कियो।
जापान प्रहरी एजेन्सीका अनुसार, मार्च १ सम्ममा यस भूकम्प र सुनामीका कारण १५ हजार ९०० जनाको मृत्यु भएको छ भने २ हजार ५२० जना अझै बेपत्ता छन्।
साथै, लामो समयको लागि अस्थायी शिविरमा बस्न बाध्य भएका धेरै मानिसहरूको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। जापान पुनर्निर्माण एजेन्सीका अनुसार, स्वास्थ्य समस्या र तनावका कारण “भूकम्पसम्बन्धी अप्रत्यक्ष मृत्यु” भएका व्यक्तिको संख्या ३ हजार ८०८ पुगेको छ, जुन गत वर्षभन्दा ६ जना बढी हो।
यसरी, भूकम्प, सुनामी र अप्रत्यक्ष कारणहरूबाट मृत्यु भएका तथा बेपत्ता भएकाहरूको संख्या २२ हजार २२८ पुगेको छ।हाल अस्थायी शिविरमा बसिरहेका व्यक्तिहरूको संख्या क्रमशः घट्दै गए पनि, जापान पुनर्निर्माण एजेन्सीको फेब्रुअरी १ को तथ्यांक अनुसार अझै पनि २७ हजार ६१५ जना विस्थापित छन्।
त्यस्तै, इवाते प्रिफेक्चरको ओफुनातो सहरमा १४ वर्षअघि सुनामीले ठूलो क्षति पुऱ्याएको थियो। पुनर्निर्माणपछि अहिले फेरि भीषण वनडढेलोले सो क्षेत्रलाई प्रभावित बनाएको छ। यस्तो “दोहोरो-प्रकोप” को शिकार भएका व्यक्तिहरूका लागि दीर्घकालीन जीविकोपार्जन तथा व्यवसाय पुनर्स्थापना अहिलेको मुख्य चुनौती बनेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




