टोकियो/जापान । जापानका बाल कल्याण केन्द्रहरूले सन् २०२३ को आर्थिक वर्षमा सामना गरेका बाल दुर्व्यवहारका उजुरीहरूको संख्या रेकर्ड अहिलेसम्मकै उच्च भएको छ। सो अवधिमा २ लाख २५ हजार ५ सय ९ वटा उजुरी परेको सरकारी तथ्यांकले देखाएको छ। तीमध्ये आधाभन्दा बढी मनोवैज्ञानिक दुर्व्यवहारका घटनाहरू रहेका थिए।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय र बाल तथा परिवार एजेन्सीले सार्वजनिक गरेको संशोधित तथ्यांकअनुसार, यो संख्या त्यसअघिको आर्थिक वर्षको तुलनामा ५ प्रतिशतले (१० हजार ६६६ घटनाले) बढेको छ। जापानमा सन् १९९० मा अभिलेख राख्न सुरु गरेदेखि लगातार ३३ वर्षसम्म बाल दुर्व्यवहारका घटनाहरू बढिरहेका छन्।
मनोवैज्ञानिक दुर्व्यवहारका घटनाहरू कुल उजुरीको ५९.८ प्रतिशत (१ लाख ३४ हजार ९४८ घटना) रहेका छन्। तीमध्ये ७८ हजार ९१४ घटनामा बालबालिकाहरूको सामु घरेलु हिंसा भएको देखिएको छ।
शारीरिक दुर्व्यवहारका घटना २२.९ प्रतिशत (५१ हजार ६२३) रहेका छन् भने ३६ हजार ४६५ बालबालिका उपेक्षाको सिकार भएका छन्। यस्तै, यौन दुर्व्यवहारका २ हजार ४७३ घटना दर्ता भएका छन्।
बाल कल्याण केन्द्रहरूमा प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै प्रहरीबाट आएका छन्। त्यस्तै, छरछिमेक तथा चिनजानका व्यक्तिहरूबाट ९.८ प्रतिशत, परिवार तथा आफन्तबाट ८.५ प्रतिशत र विद्यालयबाट ७.४ प्रतिशत उजुरीहरू प्राप्त भएका छन्।
“हामी यी नतिजाहरूलाई गम्भीर रूपमा लिन्छौं र बालबालिकाको जीवन सुरक्षाका लागि बाल कल्याण केन्द्रहरूको प्रणालीलाई अझ प्रभावकारी बनाउने योजना बनाएका छौं,” बाल तथा परिवार एजेन्सीका एक अधिकारीले बताए।
बाल कल्याण केन्द्रहरूले दुर्व्यवहारको शिकार भएका बालबालिकालाई अस्थायी रूपमा संरक्षण दिनसक्ने तथा दुर्व्यवहार भइरहेको घर-परिवारको निरीक्षण गर्नसक्ने अधिकार राख्छन्। सन २०२४ को अप्रिलसम्म जापानभर २३४ बाल कल्याण केन्द्रहरू सञ्चालनमा रहेका छन्।
बढ्दो बाल दुर्व्यवहारका घटनाहरूका कारण यी केन्द्रहरूमा दबाब बढ्दै गएको छ। यसलाई मध्यनजर गर्दै जापान सरकारले बाल कल्याण अधिकृत तथा मनोवैज्ञानिकको संख्या बढाउने योजना बनाएको छ।
यसअघि जारी प्रारम्भिक तथ्यांकमा केही यस्ता घटनाहरू समावेश भएका थिए, जुन अनुसन्धानपछि दुर्व्यवहारको रूपमा नपर्ने ठहर गरिएको थियो। सन् २०२२ को संशोधित तथ्यांक सेप्टेम्बरमा सार्वजनिक गरिएको थियो, भने सन् २०२१ वा अघिका तथ्यांकहरूमा पनि फेरबदल हुनसक्ने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




