टोकियो/जापान। ग्राहकको दुर्व्यवहार(कस्टमर हरास्मेन्ट) अर्थात् “कस-हारा” रोक्नका लागि, जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले व्यवसायहरूका लागि प्रतिकार्य उपाय समेटिएको म्यानुअल विभिन्न उद्योगका लागि तयार गर्ने योजना बनाएको छ। यसै क्रममा, पहिलोपटक सुपरमार्केट उद्योगका लागि निर्देशिका तयार भएको छ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको यस कस-हारा प्रतिकार्य म्यानुअलमा सुपरमार्केट उद्योगका व्यावसायिक संगठन तथा श्रमिक युनियनहरूसँगको छलफलका आधारमा तय गरिएका उपायहरू समावेश छन्।
यस निर्देशिका अनुसार, अनुचित रूपमा बारम्बार सोधपुछ गरिएमा, व्यवस्थापक (म्यानेजर) ले हस्तक्षेप गरेर ग्राहकलाई सो व्यवहार रोक्न अनुरोध गर्ने। धम्कीपूर्ण वा आक्रामक व्यवहार भएमा, कर्मचारीले “म डराएको छु” जस्ता आफ्ना वास्तविक भावनाहरू स्पष्ट रूपमा व्यक्त गर्ने।
व्यवसायहरूले अपनाउनुपर्ने पहलहरूमा, दुर्व्यवहारको सिकार भएका कर्मचारीहरूको लागि स्पष्ट प्रतिकार्य प्रक्रिया तयार गर्ने।कर्मचारीहरूलाई रोल-प्लेइङ तालिमद्वारा व्यवहारिक प्रशिक्षण दिने।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२४ मा सुपरमार्केट उद्योगमा गरेको एक सर्वेक्षण अनुसार, उत्तर दिएका १०१ कम्पनीमध्ये ५८% ले “कस-हारा रोक्न कुनै निश्तित नियम वा निर्देशिका छैन, त्यसैले समस्या समाधान गर्न कार्यस्थलमा व्यक्तिगत हिसाबले व्यवस्थापन गरिन्छ” भन्ने बताएका थिए।
यसका आधारमा मन्त्रालयले कामदारहरूको सुरक्षाका लागि व्यवसायहरूलाई ग्राहक दुर्व्यवहार विरुद्ध उपाय अपनाउने कानुनी बाध्यता हुने गरी कानुन संशोधन प्रस्ताव हालको संसदमा पेश गरेको छ। साथै, अन्य उद्योगहरूका लागि पनि यस्ता प्रतिकार्य म्यानुअलहरू क्रमशः तयार गर्ने योजनामा छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




