नागोया / जापान । नागोया सेन्ट्रल अस्पतालको आयोजनामा जापानमा वरिष्ठ न्युरोसर्जनका रूपमा कार्यतर नेपाली डक्टर लुशुन चालिसेद्वारा मस्तिस्क रोग सम्बन्धी अन्तरक्रिया हुने भएको छ।

मस्तिस्कका रोग समस्या, रोकथाम र उपचारको बारेमा प्रवचन तथा आम नागरिक संग अन्तरक्रिया कार्यक्रम हुन लागेको जापानमा विद्यावारिधि (पीएच् डी) समेत पुरा गरि न्युरोसर्जनका रूपमा नागोया सेन्ट्रल हस्पिटलमा कार्यरत डा लुशुन चालिसेले बताए।चालिसेका अनुसार कार्यक्रममा धेरै जापानी बुढा पाका आउने भएकोले अन्तरक्रिया जापानी भाषामा गरिने छ।यस प्रकारको जनस्वास्थ्य सम्बन्धी नेपाली डक्टरले प्रत्येक्ष सहभागी गई गरिन लागेको उक्त कार्यक्रम सम्भवत पहिलो हो। कार्यक्रमको प्रचार – प्रसारको लागी नागोया ट्रेन स्टेशनमा नेपाली डक्टर चालिसे र जापनी  डक्टरको तस्विर सहित वोर्डमा जानकारी राखिएको छ। जहाँ प्रत्येक दिन लाखौंको संख्यामा मानिसहरु आवत-जावत गर्ने गर्छन।

मस्तिस्कका रोग, स्ट्रोक ,पक्षघात, बिर्सने समस्या ,झम्झमाउने टाउको दुख्ने देखी, जटिल सल्यक्रिया जापानभरि नै सर्वोकिष्ठ टेकनोलोजी र शीप प्रयोग गरि गरिने उपचारका बारेमा न्युरो सर्जरीका प्रमुख कन्सलट्यान्ट सर्जन डा लुशुन चालिसे बाट व्याख्या गरिने छ भने प्रमुख डा यामाओकाले डा चालिसेलाई साथ दिने बताईएको छ। कार्यक्रम अप्रिल २३ तारिक नागोया स्टेशन जजिकै रहेको नागोया सेन्ट्रल अस्पतालको सभा हलमा हुने बताईएको छ। अनलाईन मार्फत सहभागीको बुकिङ्ग गरिएको र अधिकले उक्त कार्यक्रममा सहभागीको लागी नाम दर्ता गराएको बताईएको छ।

डा लुसुन चालिसेले २००९ मा डक्टर अभ मेडिसिन, ओसाका युनिभर्सिटी, फ्याकल्टी अभ मेडिसिन, आफ्नो अध्ययन गरेका थिए। । उनले २०१५ मा बोर्ड सर्टिफाइड स्पेसलिस्ट इन न्युरोसर्जरी (जापान न्युरोसर्जिकल सोसाइटी) पुरा गरी २०१८ मा विद्यावारिधि (पीएच् डी) समेत गरि न्युरो-अन्कोलोजी (नागोया युनिभर्सिटी, जापान) बाट पुरा गरेका थिए। डा चालिसेले २०१८ बाट उप प्राध्यापक भई (टोक्यो युनिभर्सिटी, जापान) फ्याकल्टी एट् द एड्वान्सड् क्लिनिकल रिसर्च सेन्टर, डिविजन अभ इन्नोवेटिव क्यान्सर थेरापी, इन्सिटिच्युट अभ मेडिकल साइन्स अभ द युनिभर्सिटी अभ टोक्यो (IMSUT) न्युरोसर्जन को रूपमा IMSUT Hospital, टोक्यो काम गरि सकेका छन्। २०२० बाट भने कन्सल्ट्यान्ट न्युरोसर्जनका रूपमा जापानको नागोया सेन्ट्रल हस्पिटलमा उनि कार्यरत छन्। डा चालिसे नेपाली मेडिकल एसोसियसन ,जापानका संयोजक समेत हुन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार