टोकियो/जापान। चामलको मूल्य लगातार बढिरहेको अवस्थालाई ध्यानमा राख्दै, जापान सरकारले मूल्यलाई स्थिर राख्न थप कदम चाल्नुपर्ने देखिएको भन्दै तेस्रो पटक सञ्चित चामल बजारमा ल्याउने तयारी गरेको छ। चाँडै नै प्रधानमन्त्री इशिबा र कृषिमन्त्री एतोउ बीच अन्तिम छलफल हुने र त्यसपछि निर्णय गरिने अपेक्षा गरिएको छ।
चामलको आपूर्ति सहज बनाउन, सरकारले अहिलेसम्म दुई पटक गरेर २ लाख १० हजार टन सञ्चित चामल बजारमा पठाइसकेको छ, जसअनुसार चामलको खुद्रा बिक्री मार्चको अन्त्यतिरदेखि सुरु भइसकेको छ।
तर, यसको बाबजुद पनि जापानभरका सुपरमार्केटहरूमा चामलको औसत मूल्य मार्च ३० सम्मको एक हप्तामा ५ किलोको प्याकको लागि करसहित ४२०६ येन पुगेको छ र १३ हप्ता लगातार मूल्य वृद्धि भइरहेको छ।यस्तो स्थितिलाई मध्यनजर गर्दै, सरकारले मूल्य स्थिर राख्न तेस्रो पटक सञ्चित चामल बजारमा ल्याउने तयारीमा प्रवेश गरेको हो।
अझ प्रभावकारी बनाउन सरकारले यस वर्षको नयाँ चामल बजारमा आउँदासम्म प्रत्येक महिना निश्चित मात्रामा चामल बजारमा ल्याउने प्रस्ताव पनि विचाराधीन अवस्थामा राखेको छ। यसबारे अन्तिम निर्णय गर्न प्रधानमन्त्री इशिबा र कृषिमन्त्री एतोउबीच चाँडै छलफल हुनेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




