टोकियो/जापान। जापानमा एक्लै बसोबास गर्ने व्यक्तिहरूको संख्या बढ्दै जाँदा, जापानको प्रहरी एजेन्सीले संकलन गरेको तथ्यांक अनुसार, गत वर्ष प्रहरीद्वारा जाँच गरिएको करिब २ लाख ४ हजार १ सय ८४ मृतकहरूमध्ये करिब ३७ प्रतिशत , अर्थात् करिब ७६ हजार २० जना घरमै मृत अवस्थामा भेटिएका एक्ला व्यक्तिहरु रहेका थिए।

यसमध्ये केही मानिसहरू त मरेको एक वर्षभन्दा बढी समयपछि मात्रै फेला परेका पनि थिए। प्रहरीले यो तथ्यांक सरकारसँग सेयर गर्दै “एक्लोपनको कारण मृत्यु” वा “सम्पर्कविहीन अवस्थामा मृत्यु” को रोकथामका लागि नीति निर्माणमा सहयोग पुर्‍याउन चाहेको जनाएको छ।

प्रहरी एजेन्सीले, यस्ता एक्लोपनका कारण हुने मृत्युहरूको वास्तविकता बुझ्न, गत वर्ष देशभरका प्रहरीद्वारा जाँच गरिएका २ लाख ४ हजार १ सय ८४ वटा शवको बारेमा उमेर र बसोबासको अध्ययन गरेको थियो।

त्यस अनुसार,७६ हजार २० जना (३७ प्रतिशत) मानिसहरू एक्लै बस्ने र आफ्नै घरमा मृत भेटिएका थिए।
उमेरअनुसार विवरण हेर्दा:८५ वर्षमाथिका – १४ हजार ६५८ जना,७५ देखि ७९ वर्ष – १२ हजार ५६७ जना,७० देखि ७४ वर्ष – ११ हजार ६०० जना,६५ वर्षमाथिका मानिसहरूले ७० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन्।

मृत्युपछिको समय अन्तरालको हिसाबले हेर्दा: १ दिनभित्रै फेला परेका – २८ हजार ७५६ जना,३१ दिनभन्दा बढी ढिलो फेला परेका – ६ हजार ९४५ जना,१ वर्षभन्दा बढी समयपछि फेला परेका – २५३ जना रहेका थिए।

प्रहरी एजेन्सीले यो विवरण प्रधानमन्त्री कार्यालय अन्तर्गतको एक्लोपन तथा एक्लोपनजन्य मृत्युसम्बन्धी नीति निर्माण समूहसँग साझा गर्दै, प्रभावकारी रणनीति निर्माणमा सहयोग पुर्‍याउने योजना बनाएको जनाएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार