टोकियो/जापान। जापानको कोकुमिन मिनस्युतोउ नामक दलका नेता तामाकी युईचिरोले विदेशी नागरिकहरूको स्वास्थ्य बीमासम्बन्धी समस्याबारे बोल्दै ‘यो कुनै विभेद होइन, फरक विषय हो’, भुक्तानी नगर्ने, रकम छलेर जाने र महँगो उपचार प्रणालीको दुरुपयोगमा सुधार गर्नुपर्छ।”भन्ने अभिव्यक्ति दिएका छन् ।

कोकुमिन मिनस्युन्तोउ (国民民主党) का अध्यक्ष तामाकी युईचिरोले अप्रिल १४ तारिखमा आफ्नै X मा  एक पोस्ट गर्दै टोकियोको शिनजुकु क्षेत्रमा रहेका विदेशी स्थायी(३ महिना भन्दा अधिक बसोबास गर्नेहरु)बासिन्दाहरूबाट राष्ट्रिय स्वास्थ्य बीमाको करिब २० अर्ब येन बराबरको शुल्कमध्ये केवल ८ अर्ब ७० करोड येन मात्र भुक्तानी गरिएको र बाँकी करिब ११ अर्ब येन जापानी नागरिकको करबाट व्यहोर्नु परेको बारे एक उद्धृत गरेका हुन् ।

उनले भने, “विदेशीहरूबाट बीमा शुल्क नतिर्नु, उपचार शुल्क छलेर जानु, र महँगो उपचार प्रणालीको अनुचित प्रयोगजस्ता विषयहरूमा सरकार स्वयंले वास्तविक स्थिति अध्ययन गरी उचित समाधान ल्याउनुपर्छ।”

त्यसैगरी उनले थप स्पष्ट पार्दै भने “यो कुनै विदेशीमाथिको विभेद होइन, यो बिल्कुलै फरक स्तरको समस्या हो। बरु समयमै उपयुक्त कदम चालिएन भने विदेशीहरूप्रति गलत धारणा फैलिन सक्ने खतरा छ, त्यसैले यथाशक्य चाँडो कार्यान्वयन आवश्यक छ।”

यसअघि फेब्रुअरी महिनामा पनि उनले आफ्ना सामाजिक सञ्जाल तथा टेलिभिजन कार्यक्रममा विदेशीहरूको जापानको स्वास्थ्य प्रणालीप्रति पहुँचबारे बोलेका थिए। केहीले उनलाई विदेशीहरुप्रति ‘भेदभाव’ गरेको आरोप समेत लगाएका थिए। उनले भनेका थिए, “९० दिनजति छोटो अवधिका लागि जापान आउने विदेशी नागरिक वा उनीहरूको आश्रितहरूले पनि लाखौँ येन बराबरको महँगो उपचार सेवा प्राप्त गर्न सक्ने अहिलेको व्यवस्थालाई अब थप कडाइका साथ पुनरावलोकन गर्न आवश्यक छ। कार्यरत जापानीहरूले धेरै मिहिनेत गरेर तिर्ने सामाजिक सुरक्षा शुल्क मुख्यतः जापानी नागरिकहरूको स्वास्थ्य र उपचारमा खर्च हुनु आवश्यक छ।”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार