टोकियो/ जापान । सन् २०२४ को अक्टोबरसम्म जापानी नागरिकको जनसंख्या घटेर १२ करोड ३० लाख पुगेको सरकारी प्रारंभिक तथ्यांकले देखाएको छ। अघिल्लो वर्षको तुलनामा यो संख्या ८ लाख ९८ हजार ले घटेको हो, जुन सन् १९५० देखि उपलब्ध तथ्यांकहरूमध्ये सबैभन्दा ठूलो वार्षिक गिरावट हो।

जापानमा बसोबास गर्ने विदेशीहरू समेत गनेर हेर्दा कूल जनसंख्या १२ करोड ३८ लाख रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५ लाख ५० हजार ले कम हो। यो लगातार १४ औँ वर्ष हो जसमा जापानको कूल जनसंख्या घटिरहेको छ।

यो गिरावटको प्रमुख कारण भनेको जन्मदरको कमी र समाजमा वृद्धहरूको संख्या बढ्नु हो।१४ वर्ष वा सोभन्दा कम उमेरका व्यक्तिको संख्या ३ लाख ४३ हजार ले घटेर १ करोड ३८ लाख ३० हजार पुगेको छ, जुन कूल जनसंख्याको ११.२ प्रतिशत मात्र हो यो अहिलेसम्मकै सबैभन्दा कम अनुपात हो।

यता, ६५ वर्ष वा सोभन्दा माथिको उमेर समूहको जनसंख्या भने १७ हजार ले बढेर ३ करोड ६२ लाख ४० हजार पुगेको छ, जुन कूल जनसंख्याको २९.३ प्रतिशत हो ,यो अनुपात जापानको इतिहासमै सबैभन्दा उच्च हो।

कार्यशील उमेर समूह (१५ देखि ६४ वर्ष) का व्यक्तिहरूको संख्या २ लाख २४ हजार ले घटेर ७ करोड ३७ लाख ३० हजार पुगेको छ। यो कूल जनसंख्याको ५९.६ प्रतिशत हो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार