टोकियो,जापान। अर्घाखाँची समाज जापानले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा सांगितीक कार्यक्रम सम्पन्न गरेको छ ।

आईतबार टोकियोको ओकुबुमा आयोजित कार्यक्रममा अर्घाखाची स्थाई घर भई हाल जापानमा रहेका अर्घाखाचेलीहरु जम्मा भई नंया वर्ष मनाएका हुन् । कार्यक्रममा समाजका संरक्षकहरु बाबुराम पौडेल, दिपक थापा, सल्लाहकार गणेश रायमाझी, इन्दिरा खनाल
लगायतले बोल्दै समाजले स्थापना कालदेखि नै सकरात्मक र रचनात्मक कार्यक्रम गर्दै आएको स्मरण गराउदै आगामी दिनमा थप कार्यक्रम गर्न सकोस भन्ने शुभकामना दिएका थिए । सहभागि वक्ताहरुले चाडपर्व लक्षित यस्ता कार्यक्रमले नेपालको कला, संगित र संस्कृती नेपाली पर्व र परम्पराको विकास गर्न र नयाँ पुस्तालाई हस्तातरण गर्न थप सहयोग गर्ने बताएका थिए ।  साथै समारोहमा  जापानमा नेपालीहरुको संङख्या बढेसंगै समस्या पनि बढ्दै गएकाले आगामी कार्यक्रम त्यसतर्फ लक्षित हुनुपर्ने सुझाव पनि दिइएको थियो।

 

समाजका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नारायण प्रसाद भुषालले कार्यक्रममाथी प्रकाश पारेका  थिए भने अर्का उपाध्यक्ष टोपबहादुर घर्तीले स्वागत तथा महासचिव अर्जुन आचार्यले कार्यक्रम संचालन  गरेका  थिए।

कार्यक्रममा जापानलाई कर्म थलो बनाउदै आएका  लोकप्रिय कलाकार चेतन घर्ती मगरले आफ्नो साङ्गीतिक प्रस्तुती मार्फ़त कार्यक्रमलाई संगीतमय बनाएका थिए  भने सानी नानी इबा पौडेलले नृत्य प्रस्तुत गर्दै सहभागीहरुलाई मनोरंजन प्रदान गरेकी थिइन् ।

सोही कार्यक्रममा जापानमै निर्माण गरिएको नयाँ साङ्गीतिक म्युजिक भिडियो “तिम्रो माया”को प्रिमियर समेत गरिएको थियो । गोविन्द बिष्टले निर्देशन गरेका  उक्त भिडीयोको गितमा  सुमन केशी र दिपा लामाको स्वर रहेको छ  भने कलाकारहरू इन्दिरा केसी र शिरीष गौतमले अभिनय गरेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार