टोकियो/जापान। २२ तारिखका दिन टोकियोको विदेशी विनिमय बजारमा जापानी येनको भाउ थप मजबुत बन्यो । अमेरिकी राष्ट्रपती ट्रम्पको नीतिको कारण अमेरिकाको मौद्रिक नीतिमा अस्थिरता आउने आशङ्काले डलर बेच्नेहरुको संख्या झनै तीव्र भयो,जसको कारण येनको मूल्य एक डलर बराबर १३९ येनसम्म पुग्यो । जुन करिब ७ महिनापछिको उच्च स्तर हो।

२२ तारिख, टोकियोको विदेशी विनिमय बजारमा, ट्रम्प राष्ट्रपतिले अमेरिकी केन्द्रीय बैंक (एफआरबी) का अध्यक्ष पावेलको आलोचना गर्दै शीघ्र ब्याजदर घटाउन पुनः माग गरेपछि, अमेरिकाको मौद्रिक नीतिमा स्वतन्त्रता कम हुने र यसले नीति अस्थिर बन्ने आशङ्का फैलिएपछि डलर बेच्ने प्रवृत्ति झन् बलियो भएको हो।

दिउँसो करिब २:३० बजे एक डलर बराबरको येनको दर १३९ येनको उत्तरार्द्धमा पुगेको थियो, जुन गत वर्षको सेप्टेम्बर यताकै उच्च मूल्य हो।

यद्यपि त्यसपछि केही डलर खरिद फिर्ता हुन थालेपछि दिउँसो ५ बजे एक डलर बराबर १४०. ३० येनको दर कायम भएको थियो, जुन अघिल्लो दिनको तुलनामा ०.२७ येनले सुधार भएको हो।

बजार विश्लेषकहरू भन्छन्, “ट्राष्ट्रपति ट्रम्पले एफआरबीप्रति दिएका अभिव्यक्तिका कारण अमेरिका प्रतिको विश्वासमा गिरावट आएको र डलरका विरुद्ध प्रमुख मुद्राहरू बलियो बनेका छन्। साथै, यसै साता हुने भनिएको जापानी वित्तमन्त्री खातोउ र अमेरिकी वित्तमन्त्री बेसेन्टबीचको वार्तामा अमेरिकाले येन सस्तो र डलर महँगो भइरहेको स्थितिमा हस्तक्षेपको माग गर्नसक्ने अनुमान पनि गरिएकोले डलर बेच्ने प्रवृत्ति अझ तीव्र भएको हो।”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार