टोकियो/जापान। जापानको अग्लो पर्वत माउन्ट फुजीमा यस वर्षको ग्रीष्मकालीन पर्वतारोहण सिजनदेखि यमानाशी र सिजुओका दुवै प्रिफेक्चरले आरोहणकर्ताहरूको संख्या व्यवस्थापन गर्नका लागि प्रवेश शुल्क संकलन लगायतका विभिन्न नियमहरू लागू गर्दैछन्। यिनैमध्ये यमानाशी प्रिफेक्चरले अग्रिम बुकिङ प्रणाली लागू गरेको छ, जसअन्तर्गत आज (२४ तारिख) दिउँसोदेखि बुकिङको सुरु भएको छ।
माउन्ट फुजीमा ग्रीष्मकालीन सिजनमा अत्यधिक भीड र नियम उल्लंघन कम गर्न सन् २०२४ देखि यमानाशी प्रिफेक्चरले पाँचौं स्टेसनमा गेट स्थापना गरी, अग्रिम बुकिङ गर्ने व्यवस्था लागू गरेको हो।
यो सिजनको बुकिङ “फुजी तोजान अफिसियल साइट” (富士登山オフィシャルサイト) नामक सरकारी वेबसाइटमार्फत २४ तारिख दिउँसो १ बजेबाट सुरु भएको छ। बुकिङ गर्ने व्यक्तिले पर्वतारोहणको मिति, सहभागी संख्या, दिनभरमै फर्किने कि पहाडको कटेजमा बास बस्ने भन्ने विवरणहरू भरेर प्रति व्यक्ति ¥४,००० (चार हजार येन) को शुल्क तिर्नुपर्नेछ।
यसपटकदेखि विदेशी पर्यटकहरूको सुविधा बढाउन कोरियन र भियतनामी भाषा थपिएको छ, साथै बुकिङपछि मिति परिवर्तन गर्न मिल्ने सुविधा पनि सुरु गरिएको छ।
साथै, पर्वतारोहण गर्दा जाडोबाट बच्ने पोशाक र उपयुक्त जुत्ता प्रयोग गर्नुपर्ने, र रातभर जाग्राम बसेर शिखरतर्फ सिधा जाने “ दान्गान तोजान” (弾丸登山) गर्न नपाईने जस्ता नियमहरू पालना गर्नुपर्ने सहमति बुँदाहरू पनि बुकिङमा समावेश गरिएको छ।
यस सिजनदेखि यमानाशी मात्र नभई सिजुओका प्रिफेक्चरले पनि प्रति व्यक्ति ¥४,००० को प्रवेश शुल्क लिने व्यवस्था गरेको छ। त्यस्तै, दिउँसो २ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्मको समयमा पर्वतमार्ग प्रयोगमा प्रतिबन्ध लगाइएको छ।
सन् २०२४ देखि नियमहरू परिवर्तन भएकाले सम्बन्धित प्रिफेक्चरहरूले पर्वतारोहण अघि सरकारी वेबसाइटमार्फत सबै जानकारी अग्रिम रूपमा जाँच गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




