टोकियो/जापान। जापानमा सक्रिय नेपाली संस्था ‘धादिङ समाज जापान’ले आपतकालीन अवस्थाहरूमा सहयोग गर्नका लागि विशेष राहत कोष स्थापनाको घोषणा गरेको छ। प्रारम्भिक चरणमा ६ लाख (६०万円) को राहत कोष खडा गरिने जानकारी समाजका अध्यक्ष बिमल श्रेष्ठले दिएका छन्।
श्रेष्ठका अनुसार, भइपरी आउने प्राकृतिक विपत्ति, दुर्घटना वा आकस्मिक अवस्थाहरूमा बारम्बार चन्दा संकलन गर्नुपर्ने बाध्यताबाट मुक्त हुने उद्देश्यले यो राहत कोष स्थापनाको निर्णय गरिएको हो। “कोष खडा भएपश्चात समाजमा आउने यस्ता संकटका समयमा यही कोषबाट आवश्यक सहयोग गरिनेछ,” उनले बताए।
धादिङ जिल्लाबाट जापानमा रहेका सम्पूर्ण नेपालीहरू, साथै समाजका कार्यसमिति, सल्लाहकार, संरक्षक लगायत सबैलाई सहयोग गर्न आग्रह गर्दै अध्यक्ष श्रेष्ठले यो पहललाई दीर्घकालीन रुपमा प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
सन् २०१३ मा स्थापना भएको धादिङ समाज जापान जापान सरकारले मान्यता दिएको एनपिओ होउजिन (NPO法人) को रुपमा दर्ता भई हालसम्म सक्रिय रूपमा सामाजिक कार्यमा संलग्न रहँदै आएको छ। समाजले विगतमा पनि विभिन्न आपतकालीन अवस्थामा सहयोग गर्दै आएको इतिहास रहेको छ।
समाजले निकट भविष्यमै राहत कोष संकलनको कार्यविधि सार्वजनिक गर्ने जानकारी पनि दिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




