टोकियो/जापान। जापानभरिका सुपरमार्केटहरूमा मे ४ तारिखसम्मको एक साताको अवधिमा बिक्री भएको चामलको औसत मूल्य करसहित ५ केजीको लागि ४ हजार २ सय १४ येन रहेको छ, जुन अघिल्लो साताको तुलनामा १९ येनले कम हो। चामलको औसत मूल्य घटेको यो गत वर्षको डिसेम्बरयता पहिलो पटक हो ।

अर्कोतर्फ, सुपरमार्केटहरूमा चामल बिक्रीको परिमाण भने हालका दिनहरूमा अघिल्लो वर्षको तुलनामा बढ्दो क्रममा रहेको छ। मूल्य वृद्धिको क्रम जारी रहँदा उपभोक्ताको खरिद प्रवृत्तिमा परिवर्तन देखिएको देखिन्छ।

यसैबीच, मे ४ सम्मको एक हप्तामा पसलहरूमा चामलको बिक्री मात्रा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १४ प्रतिशतभन्दा बढीले बढेको छ। चामलको बिक्री यो वर्षको मार्च महिनासम्म अघिल्लो वर्षभन्दा कम हुँदै आएको भए तापनि, अप्रिलदेखि भने फेरि अघिल्लो वर्षभन्दा बढी बिक्री हुन थालेको देखिएको छ।

जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार, “बिक्री भएको चामलको बिस्तृत विवरण हेर्दा, सञ्चित चामल ,मिसाइएको मिश्रित चामलको अनुपात बढिरहेको देखिन्छ। मूल्यमा सस्तो सञ्चित चामलको आपूर्ति बढ्दै गएकाले औसत मूल्य घटाउन र बिक्री मात्रा बढाउन सहयोग पुगेको हुन सक्छ,” भनिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार