टोकियो/जापान । जापानमा सक्रिय नेवाः समुदायको संस्था नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले २५६९औं बुद्ध जयन्ति यस वर्ष पनि विशेष कार्यक्रम सहित मनाउने भएको छ।कार्यक्रम टोकियोको शिबुया-कु, हातागायामा अवस्थित “गोतामी बिहार” परिसरमा आयोजना गरिने संस्थाले जानकारी दिएको छ।
संस्थाका अध्यक्ष रूपेश डंगोलले भने – “बुद्धको जन्मस्थल नेपाल हो। हामी नेपाली जहाँ भए पनि बुद्ध जयन्ति मनाउनु हाम्रो कर्तव्य हो। त्यसैले संस्थाको स्थापना कालदेखि नै हामी यो दिवस श्रद्धापूर्वक मनाउँदै आएका छौं।”
बुद्ध जयन्ति समारोहमा बुद्धको जन्म, जीवन र शिक्षाका बारेमा विशेष चर्चा गरिनुका साथै बौद्ध धर्मगुरुहरूबाट पूजा, ध्यान र प्रार्थनासमेत गरिनेछ।
संस्थाका महासचिव शिव तण्डुकारले जापानमा हुने सहभागीता बारे यसो भने- “कार्यक्रममा नेपाली समुदायका साथसाथै जापानीहरूको पनि उत्साहजनक सहभागिता रहनेछ। यस अवसरमा बुद्धको वास्तविक जन्मस्थल नेपाल हो भन्ने सन्देश जापानी समुदायसम्म पुर्याउने यो उत्कृष्ट अवसर पनि हो।”
कार्यक्रममा विशेष दीप प्रज्वलन र दिवंगत आत्माहरूको शान्तिका लागि पूजासमेत गरिनेछ। सचिव रवि महर्जनले दिवंगत आफन्तजनको नाममा पूजा गराउन चाहने जापानस्थित नेपालीहरूलाई संस्थाका पदाधिकारीहरूसँग सम्पर्क गर्न अनुरोध गरेका छन् ।
⚫︎मिति : २०२५ मे २५ (आइतबार)
⚫︎समय : बिहान ९ बजे
⚫︎स्थान : गोतामी बिहार, हातागाया, शिबुया-कु, टोकियो
(ゴータミ精舎 東京都渋谷区幡ヶ谷1−23−9)
⚫︎सम्पर्क : 080-6555-6667 / 080-4323-3201
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




