टोकियो/जापान। पहाड चढ्नुअघि पूर्वतयारी र मौसमको मूल्याङ्कन नगरी जोखिम मोल्ने विदेशी पर्यटकहरूले जापानमा बारम्बार उद्धारको अवस्थाको सिर्जना गरिरहेका छन्। पछिल्लोपटक, होक्काइदोको माउन्ट योतेईमा एक बेलायती जोडीले चिसोले हिँड्न नसक्ने अवस्था आयपछि हेलिकप्टरमार्फत उद्धार गर्नुपर्यो।
यहि मे १३ तारिख साँझ ६:१० बजे ती ३० वर्षीय पुरुषले आपतकालीन नम्बरमा फोन गरेर आफू र आफ्नी प्रेमिका (२९ वर्षीया) चिसोका कारण थला परेको र अगाडि बढ्न नसक्ने बताए। उनीहरू झन्डै १,७५० मिटर उचाइसम्म पुगेका थिए, जुन शिखरभन्दा झन्डै १० प्रतिशत तल हो।
उद्धार टोली पुग्दा ती पुरुषले हाफ प्यान्ट र लामो बाहुलाको टीसर्ट, र महिलाले हाफ-हातको सर्ट र लामो पाइन्ट मात्र लगाएका थिए। यस्तो पोशाक ग्रीष्मकालीन ट्रेकका लागि त ठीक होला, तर अझै हिउँ बाँकी नै रहेको चिसो पर्वतमा भने प्राणघातक हुन सक्छ।
यति बेला जापानका धेरै स्थानमा मौसम न्यानो लागेपनि, होक्काइदो जस्तो उत्तरतर्फको क्षेत्रमा अझै चिसो रहन्छ, र विशेषगरी हिमाली क्षेत्रहरूमा रातको तापक्रम अत्यन्तै कम हुन्छ। उक्त दिन कुच्चन नगरमा दिउँसो २० डिग्री जति तापक्रम भए पनि राति ५.८ डिग्रीसम्म झरेको थियो — त्यो भन्दा माथिल्लो क्षेत्रमा त अझ कठ्यांग्रिने चिसो हुन्छ।
यो जापानमा पछिल्लो एक महिनाभित्रको तेस्रो यस्ता उद्धार घटना हो, जसमा विदेशी पर्यटकको लापरवाहीले उद्धार टोलीको समय र स्रोत दुवै खर्च भएको छ। जापानका कतिपय स्थानीय सरकारहरूले अब यस्तो घटनामा उद्धार खर्च पर्यटकले नै बेहोर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
त्यसैले, तपाईं यदि जापानमा घुम्न, ट्रेक गर्न वा हिमाल चढ्न आउनुहुन्छ भने, कृपया मौसम, भौगोलिक अवस्था, र आवश्यक सुरक्षा तयारीबारे पूर्वजानकारी लिनुहोस्।
खासगरि पहाड चढ्दा उपयुक्त लुगा लगाउनुहोस्,भौगोलिक जानकारी सहितको नक्सा वा गाइड साथमा राख्नुहोस्,मौसमको पूर्वानुमान अनिवार्य हेर्नुहोस्,एक्लै नगइ समूहमा जानुहोस्,र आपतकालीन अवस्थामा कसरी प्रतिक्रिया दिने भनेर बुझ्नुहोस्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




