टोकियो/जापान।एनआरएनए जापानमा अहिले एकातिर सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिनेक्रम धमाधम चलिरहेको छ भने,भित्रभित्रै आगामी अधिवेशनको सरगर्मी बढिरहेको छ। यसैक्रममा जापानमा १७ वर्षदेखि बसोबास गर्दै सामाजिक सेवामा निरन्तर संलग्न रहँदै आएका सिद्धार्थ श्रेष्ठले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बिगत १३/१४ वर्षदेखि विभिन्न संघ-संस्थासंगै एनआरएनए जापानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले यसअवधिमा एनआरएनएको मानार्थ सदस्य, सल्लाहकार, प्रवक्ता, महासचिव हुँदै हाल उपाध्यक्षको जिम्मेवारी वहन गर्दै आफ्नो योग्यताका साथै नेतृत्व क्षमता प्रदर्शन गर्दै आएका छन्।

अघिल्लो अधिवेशनमै अध्यक्ष पदका लागि व्यापक चर्चा भए पनि आफु भन्दा लामो समय काम गरेका र संस्थामा योगदान भएका अभियन्ताहरुलाई साथ दिँदै संस्थाको सुदृढीकरण गर्ने भन्दै श्रेष्ठले उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। यस पटक भने संस्थालाई अझ पारदर्शी, सक्षम तथा प्रभावकारी नेतृत्व प्रदान गर्ने लक्ष्यका साथ अध्यक्ष पदमा आफ्नो शसक्त दावेदारी सहित उम्मेदवारी दिने बताएका छन् ।

श्रेष्ठले आफ्नो कार्यकालमा संस्थाभित्र भएका अनियमितता र अपारदर्शी क्रियाकलापविरुद्ध पनि महत्वपूर्ण कदम चालेका थिए। समाजका गलत प्रवृत्तिहरु माथी प्रष्ट बिचार सहित खरोरुपमा उत्रिने श्रेष्ठले संस्थाभित्रका गतिविधिहरुमा पनि उत्तिकै शसक्तरुपमा सुधारका लागि पहल गर्दै आएको बताउँछन् ।

अध्यक्षका दावेदार श्रेष्ठ भन्छन् – “संस्थालाई पारदर्शी, उत्तरदायी र स्वच्छ बनाउन मैले सधैं आवाज उठाएको छु, म सधैं पीडित, दुःखी र समस्यामा परेका नेपालीहरूको हितमा लागिरहेको छु, र अब अध्यक्षको भूमिकाबाट अझै प्रभावकारी भएर समुदायको सेवा गर्ने अठोटका साथ उम्मेदवारी दिने छु।”

नेपालमा रहँदा पनि सिद्धार्थ श्रेष्ठ खेलकुद क्षेत्रमा उल्लेखनीय सक्रियता जनाउँदै जिल्लादेखि राष्ट्रियस्तरका दर्जनौं तेक्वान्डो प्रतियोगितामा सहभागी भइसकेका छन्। खेलकुदको माध्यमबाट नेतृत्व र समर्पण सिक्दै उहाँ जापानमा सामाजिक सेवाका विभिन्न अभियानहरूमा अग्रसर रहँदै आएका छन्।

सदस्ता प्रकृयामा सहभागी हुन अनुरोध
श्रेष्ठले,हाल खुल्ला रहेको एनआरएनए जापानको सदस्यता प्रक्रियामा सहभागी हुन सबैलाई अनुरोध गर्दै ,“सबल, पारदर्शी र उत्तरदायी नेतृत्व चयन गर्न सदस्यता अनिवार्य रहेको बताएका छन् । साथै उनले, संस्थालाई सही दिशा दिनका लागि मतदाताहरुको निष्पक्ष र विवेकपूर्ण सहभागीता आवश्यक रहेकाले समयमै सदस्यता लिएर परिवर्तनको अभियानमा साथ दिनका लागि सम्पूर्ण जापानबासी नेपालीहरुमा अनुरोध समेत गरेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार