ओसका, जापान । धादिङ समाज जापान, कान्साई क्षेत्रीय समितिको दोस्रो अधिवेशन ओसाकामा हुने भएको छ । सामुदायिक एकता, सहकार्य, र समझदारीको माध्यमबाट सामाजिक रूपान्तरणमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको समाजको दोस्रो अधिवेशन आयोजना हुन लागेको समाजका अध्यक्ष दिपक भण्डारीले जानकारी दिए।
अधिवेशन यही मे २५ तारिक आइतबार ओसाका स्थित नानिवा कुमिन सेन्टर मा साँझ ५ बजेदेखि सुरु हुने बताईएको छ । आगामी दिनमा अझ सशक्त, समावेशी र सक्रिय संगठन निर्माणमा प्रेरणा दिने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सफल बनाउन आवश्यक सम्पूर्ण तयारीहरू भईरहेको र कार्यक्रममा अतिथिका रूपमा कान्साई क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई औपचारिक पत्राचार मार्फत निमन्त्रणा गरिएको पनि अध्यक्ष भण्डारीले जानकारी दिए।
धादिङ जिल्ला तथा समग्र नेपाली समुदायको साझा प्रतिनिधित्व गर्ने यो अधिवेशनमा कान्साई क्षेत्रका सम्पूर्ण संघसंस्था, सामाजिक अभियन्ता तथा आम नागरिकहरूलाई सक्रिय सहभागिताको लागि समेत अनुरोध गरिएको बताए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




