टोकियो-जापान। जापानको भूमी तथा यातायात मन्त्रालयले रेलवे स्टेशनहरूमा यात्रु सुरक्षाका लागि जडान गरिँदै आएको “होम डोर” (platform screen doors) को संख्या सन् २०३० को अन्त्यसम्ममा ४ हजार स्थानहरू सम्म पुर्याउने नयाँ लक्ष्य लिएको छ।
हालसालै प्रकाशित विवरण अनुसार, सन् २०२३ को अन्त्यसम्ममा देशभर २,६४७ वटा स्टेशनहरूमा होम डोर जडान भइसकेका छन्। मन्त्रालयले यसअघि निर्धारण गरेको सन् २०२४ भित्र ३ हजार स्थानमा होम डोर पुर्याउने लक्ष्य लगभग पूरा हुने देखिएको छ।
यात्रुहरू, विशेष गरी दृष्टिविहीन व्यक्ति र ज्येष्ठ नागरिकहरू स्टेशनको प्लेटफर्मबाट लड्ने वा रेलसँग ठोक्किने दुर्घटना निरन्तर बढिरहेकाले यस्ता दुर्घटनाहरूलाई न्यूनीकरण गर्न मन्त्रालयले होम डोर विस्तारको नयाँ योजना अघि सारेको हो।
यद्यपि, होम डोर जडान गर्दा लाग्ने उच्च लागत र प्रविधिगत चुनौतीहरू एक प्रमुख अवरोध बनेका थिए। यस्ता चुनौतीहरूलाई समाधान गर्न केही रेलवे कम्पनीहरूले, ढोका भएको भागलाई केवल बार (फेन्स) मा रूपान्तरण गरेर लगभग ३०% सम्म तौल घटाउने, जसले निर्माण कार्यलाई सरल बनाउने,साधारण र विशेष (एक्सप्रेस) रेल दुवैका ढोकाको स्थिति फरक हुने भएकाले, फराकिलो ढोका भएको होम डोर प्रयोग गर्ने जस्ता नवीन उपायहरू अपनाउन थालेका छन्।
मन्त्रालयले यस्ता नयाँ प्रविधिको प्रवर्द्धन, रेल कम्पनीहरूसँग सहकार्य, तथा सरकारी अनुदानमार्फत आर्थिक सहयोग प्रदान गर्दै यो लक्ष्य हासिल गर्ने तयारी गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




