टोकियो/जापान। जापानको कृषि मन्त्रालयमा हालसालै नियुक्त भएका नयाँ कृषि, वन तथा मत्स्यपालन मन्त्री कोइजुमीको नेतृत्वमा चामल आपूर्ति तथा मूल्य व्यवस्थापनमा चमत्कारिक सुधार हुने संकेत गरेको छ।
चामलको मूल्य लगातार आकासिएको अवस्थामा मन्त्री कोइजुमीले २३ तारिखका दिन मन्त्रिपरिषद् बैठकपछि दिएको अभिव्यक्तिले बजारमा आशाको किरण देखिएको छ। कृषि मन्त्री कोइजुमीले जानकारी दिए अनुसार सरकारले भण्डारण गरेको चामल(जुन प्रायः आपतकालीन स्थिति वा आपूर्तिमा समस्या आउँदा मात्रै सार्वजनिक गरिन्थ्यो, अब सामान्य उपभोक्ताका लागि समेत पाँच किलोको दरमा दुई हजार येन हाराहारीमा जुन महिनाको सुरुवातमै सुपरमार्केट तथा खुद्रा पसलहरूमा उपलब्ध गराइनेछ।
अझ महत्वपूर्ण कुरा त के भने, सरकारले प्रतिस्पर्धात्मक बोलपत्रमार्फत बिक्री प्रक्रिया स्थगन गर्दै अबदेखि ‘随意契約’ अर्थात् प्रत्यक्ष सम्झौतामार्फत चामल वितरण प्रक्रिया अघि बढाउने निर्णय लिएको छ, जसले गर्दा आपूर्ति प्रक्रिया थप सरल र छरितो हुने अपेक्षा गरिएको छ।
मन्त्री कोइजुमीले भने, “हामी ६ जूनसम्ममा बजारमा दुई हजार येनको चामल देख्ने सम्भावना देखिरहेका छौं। यसले उपभोक्तालाई राहत दिनेछ र बजारमा सन्तुलन ल्याउनेछ।”
विश्लेषकहरू भन्छन्, मन्त्री कोइजुमीको यो कदमले केवल बजारमा राहत दिने मात्रै नभई नयाँ नेतृत्वको प्रभावकारिता पनि पुष्टि गर्नेछ। चामलको मूल्य नियन्त्रण र आपूर्तिमा यस्तो तत्कालीन र प्रभावकारी कदम पुराना मन्त्रीहरूको तुलनामा एक नयाँ सोच र नेतृत्वको परिचायक बन्न सक्नेछ।
यसरी हेर्दा, नयाँ कृषि मन्त्रीको आगमनसँगै जापानी उपभोक्ताहरूले चामल आपूर्तिमा स्थिरता र मूल्यमा राहत पाउने संकेत पाएका छन्, जसले आगामी दिनमा कृषिक्षेत्रमा पनि सकारात्मक परिवर्तन ल्याउने अपेक्षा बढेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




