नागोया/जापान। धादिङ समाज जापानको नागोया क्षेत्रीय समितिको तेस्रो अधिवेशन आज शनिबार,नागोयामा सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै सामाजिक एकता र जापानबासी धादिङेलीहरुबीच आपसी समन्वयलाई अझ सशक्त बनाउने अठोट व्यक्त गरेको छ।
प्रमिला तिमल्सिना सिग्देलको अध्यक्षता रहेको अधिवेशन समारोहमा धादिङ समाज जापान केन्द्रीय समितिका अध्यक्ष बिमल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरि विशेष अतिथिहरुमा धादिङ समाज जापान केन्द्रका संरक्षक राजकुमार अधिकारी, एनआरएनए एसिया प्यासिफिक उपसंयोजक दीपक कार्की तथा समाजसेवी तथा तोकाई बाटिका इन्टरनेसनल स्कुलका अध्यक्ष डा. सुदीप अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
नव-निर्वाचित कार्यसमितिको संयोजकमा सन्तोष भुजेल चयन भएका छन् भने सह-संयोजकहरूमा रमेश कुमार श्रेष्ठ र अमृत कँडेल चयन भएका छन् । त्यसैगरि सचिवमा राजकुमार गुरुङ,सह-सचिवमा सुजना श्रेष्ठ, कोषाध्यक्षमा विशाल खतिवडा। सह-कोषाध्यक्षमा कुशल ठकुरी रहेका छन् ।नवगठित कार्यसमितिको सदस्यहरू:राजु श्रेष्ठ,प्रकाश मगर,राजेन्द्र कार्की,विजय विष्ट,सुमन विष्ट, विज्ञान तामाङ चयन भएका छन् ।
अधिवेशम समारोहमा मन्तव्य राख्ने वक्ताहरूले जापानमा रहेका धादिङवासीहरूबीच सहकार्य, सहयोग र सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। नयाँ कार्यसमितिले आगामी दिनमा विभिन्न सामाजिक, सांस्कृतिक तथा शिक्षा सम्बन्धी कार्यक्रमहरू गर्दै समुदायलाई एकताबद्ध राख्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रम केन्द्रीय महासचिव सुशान्त बानियाँले संचालन गरेका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




