साप्पोरो/जापान। जापानको होक्काइदोको गर्मीयामको राजा भनिने युबारी खरबुजाको एक जोडी साप्पोरो सेन्ट्रल होलसेल बजारमा सोमबार सम्पन्न यो वर्षको पहिलो लिमामीमा १० लाख येनमा बिक्री भएको छ।यो मूल्य गत वर्षको तुलनामा २० लाख येनले कम हो।
यो खरिद होक्काइदोको ओतारु शहरमा अवस्थित कृषि तथा समुद्री उत्पादन व्यवसाय गर्ने एक कम्पनीले गरेको हो। युबारी सहरमा उत्पादन भएका ती खरबुजाहरू कम्पनीको ओतारुस्थित पसलमा पूर्ण रूपमा पाकुन्जेलसम्म प्रदर्शनीमा राखिनेछ। त्यसपछि, साता अन्त्यतिर ती खरबुजालाई काटेर बिक्री गरिने जनाइएको छ।
कम्पनीका एक वरिष्ठ अधिकारीले भने,“युबारी खरबुजा मुखमै पग्लिने खालको हुन्छ, र यसको वास्ना लामो समयसम्म रहिरहन्छ। हामीलाई विश्वास छ, पर्यटक तथा स्थानिय दुवैले यसको स्वादको मजा लिनेछन्।”
युबारी खरबुजा जापानभर उच्च गुणस्तर र विशिष्ट स्वादका कारण बहुमूल्य फलका रूपमा चिनिन्छ। हरेक वर्षको पहिलो लिलामीमा तिनको मूल्यमा विशेष चासो दिइन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




