यतिबेला जापानमा अध्ययनरत २०२६ मार्च महिनामा दाईगाकु तथा सेन्मोन गाक्को सोचुग्योउ (Graduate)हुने विद्यार्थीहरु स्युउस्योकुको लागि कम्पनी खोज्ने तयारीमा रहेका छन। यिनै कुराहरुलाई मध्यनजर गर्दै भाषा ,सीप तथा सम्बन्धित विषयको क्षेत्रमा क्षमतावान र योग्य विदेशी विद्यार्थीहरुलाई आफ्नो कम्पनीमा राख्नको लागि विभिन्न कम्पनीहरुले अब विस्तारै सेचुमेखाइ(Seminar) कक्षाहरु सन्चालन गर्नेछन ।त्यसैले गाक्कोमा कम्पनीहरुबाट आउने सुचना तथा जानाकारीसँग अपडेट हुँदै अघि बढ्नु पर्दछ।सेचुमेईखाई कक्षाहरुमा सहभागि हुन सकियो भने स्युउस्योकु(work permit process)गर्दा खाइस्याका विभिन्न नियम तथा प्रकृयाबारे जानकारी प्राप्त गरि मेनसेचुको लागि आवश्यक आधारहरुको तयारी गर्न सहयोग मिल्छ।विशेषगरी मेनसेचुमा सोधिने सामान्य प्रश्नहरु जिको स्योउकाई(self-introduction),आफुले अध्ययन गर्दै गरेको विषयको बारेमा जानकारी ,जापान आउनुको मुख्य कारण,अहिलेसम्म वाइतोबाट(part-time work) प्राप्त गरिएको अनुभव,जापान आउदा सुरुका दिनमा आफुलाई मन परेका कुराहरु ,अचम्मित लागेका घटना तथा क्षणहरु,सम्बन्धित कम्पनी रोज्नुको कारण अनि सम्बन्धित कम्पनीमा भिसा प्राप्त गरिसकेपछिका दिर्घकालिन लक्ष्यहरु जस्ता विभिन्न किसिमका प्रश्नहरुको तयारी गरेर गयौ भने केहि मात्रामा भएनि सहयोग पुग्न सक्छ।विशेषगरी कम्पनीको मेनसेचुमा जाँदा आफुसँग JLPT नोउर्योकु सिकेन पास गरेको N2,N3 र नेपालबाट दाइगाकु तथा Toeic पास गरेको Certificates भयो भने थप सहयोग मिल्न सक्छ्।प्रायजसो गाक्कोहरुमा आउने कम्पनीहरु भनेको होटेल, रेस्टुरेन्ट, हानबाई पसल, सुपाहरु र IT सम्बन्धि कम्पनीहरु रहेका हुन्छन त्यसैले यिनिहरुसँग आफुले अध्ययन गरेको विषयको नाइयो (subject content)मिल्छ मिल्दैन राम्रोसँग बुझेर अघि बढ्नुपर्दछ।यसरी गाक्कोहरुमा आउने कम्पनीबाट नाइते (job offer)प्राप्त गर्न सकियो भनि नाइतेको लेटर प्राप्त गरि ढुक्क भएर बस्न सकिन्छ र 12 गाचुबाट भिसाको अप्लाइको प्रकृया सुरु हुन्छ। भिसा अप्लाइ गर्नु भन्दा पहिले आवश्यक डकुमेन्ट जम्मा गर्दा कम्पनीले काजेईस्योउमेईस्यो(yearly income)पनि माग्न सक्छ र वार्षिक आम्दानी 20 लाख भन्दा बढि रहेछ भने रद्द गर्ने सम्भावना पनि रहेको हुन्छ।कम्पनीहरुबारे जानाकारी तथा सेचुमेईखाई र मेनसेचुहरु सम्बन्धि जानकारी लिनको लागि Hellowork लगायत अन्य विभिन्न माध्यमबाट पनि लिन सकिन्छ, यसरी गाक्कोमा आएको कम्पनीबाट नाइते प्राप्त गरेर भिसा अप्लाइ गर्दा कुनै कुनै कम्पनीले वकिल चार्ज लिन सक्छ भने कुनैले नलिन पनि सक्दछ ।यति प्रयास गरेर सफल हुन सकियो भनि भिसा अप्लाई सम्मको बाटो सुरक्षित हुँदै भिसा प्राप्त गर्न पनि सकिन्छ। यति प्रयास गर्दा गर्दै पनि कम्पनीबाट नाइते प्राप्त गर्न सकिएन भने त्यसपछिको यात्रा अलिक असहज हुन सक्छ त्यसैले समयमा नै उपयुक्त तरिकाले अघि बढ्ने प्रयास गर्नुपर्दछ।
जापानमा स्युउस्योकु(Work-permit)गर्नको लागि अन्य विभिन्न किसिमका माध्यमहरु पनि रहेका छन तर धेरैजसोले सेवा शुल्क महङ्गो लिने गर्दछन।विशेषगरी जापानी वकिल,जापानी visa service company ,जिनजाइ हाकेन कम्पनी इत्यादि रहेका छन।
जापानी वकिल तथा जापानीज visa Services कम्पनी :
यिनिहरुले विभिन्न किसिमका कम्पनी र विद्यार्थीहरुको बिचमा रहेर मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका हुन्छन र काम गरेबापत कम्पनीबाट पनि रकम प्राप्त गर्ने गर्दछन ।कुनै कुनै जापानी वकिल तथा जापानीVisa Service कम्पनीले कम्पनी खोजेबापत र वकिल शुल्क देखि सम्पुर्ण खर्चको लागि गरेर २०मान देखि ५०मान सम्म लिने पनि गर्दछन यदि कम्पनी र वकिलको कारणले गर्दा भिसा आएन भनि पु:न कम्पनी खोजेर अर्थात गल्ति सुधारेर फेरि भिसा रि-अप्लाइ गर्न सहयोग गर्दछन। यस्ता प्रकारका व्यक्ति तथा कम्पनीलाई पैसा बुझाउदा राम्रोसँग बुझेर मात्र बुझाउनु पर्छ एकपटक पैसा दिईसकेपछि फिर्ता पाउन गार्हो हुन्छ , त्यसैले यस्ता कार्य गर्दा आफु भन्दा अग्रज सेनपाईहरु(Senior) सङ्ग जानाकारी लिई अघि बढ्नु पर्दछ।
जिनजाई हाकेन कम्पनि(Temporary Agency)
आजभोलि जिनजाई हाकेन कम्पनीहरुको लापरवाहीले गर्दा न्युउखानको(immigration)अगाडि विश्वास गुमाउदै गएको देखिन्छ त्यसैले सहजै भिसा प्राप्त गर्न मुस्किल पर्ने गर्दछ। यसप्रकारको हाकेन कम्पनीबाट काम गर्दा अन्य कम्पनीमा काम गर्न जानुपर्दछ तर काम गर्दा सेवा सुबिधा तथा तलब हाकेन कम्पनीबाट नै लिनुपर्ने हुन्छ कुनै कारणबस हाकेन कम्पनी बन्द भयो भने काम गरिरहेको कम्पनी जिम्मेवार हुदैन र काम छोड्नु पर्ने अवस्था सिर्जना हुन्छ।यसप्रकारको हाकेन कम्पनीबाट भिसा प्रकृया गर्दा कुनै कुनैले वकिल शुल्क ८-१० मान सम्म लिन सक्छ भनि कुनैले सम्पुर्ण शुल्क गरि २०-५० मान सम्म पनि लिन सक्दछ। जापानमा रहेका विद्यार्थीको लागि यसप्रकारको कम्पनी त्यति भरपर्दो मानिदैन त्यसैले सकेसम्म यसप्रकारका कम्पनीहरुको सहयोग लिन उपयुक्त मानिदैन।
भिसा अप्लाई गर्नु भन्दा पहिले विचार गर्नु पर्ने कुराहरु
विशेषगरी भिसा अप्लाई गर्नु भन्दा पहिले तिर्न बाँकी कर बीमा रकम तिरेर गरियो भनि राम्रो हुन्छ कहिलेकाहीँ खाकुनिन गर्यो भने यदि तिर्नु पर्ने रकम बाकीँ रहेछ भने न्युउखानबाट चुइका पठाउन सक्छ र अनिवार्य रुपमा तिर्नुपर्दछ।न्युउखानमा डकुमेन्टहरु पेश गर्दा गाक्कोबाट प्राप्त सोचुग्योउ मिकोमि, सेइसेकि स्योउमेइस्यो र स्युउसेकि स्योउमेइस्यो सहित बुझाउनु पर्दछ।विद्यार्थी र खाइस्याको सबै कुराहरु राम्रो भयो भनि २ हप्तादेखि ३ हप्तासम्म हागाकी आउन सक्छ भने कसैको अलिक बढि समय पनि लाग्न सक्दछ।पछिल्लो समय कुनै कुनै गाक्कोहरुले तोकुतेइ खाचुदोउ भिसा अप्लाई गर्दा पछिल्लो २वर्षको वार्षिक आम्दानीको विवरण पनि माग्न थालेको छ जसमा २०० मान भन्दा बढि रहेछ भनि गाक्कोबाट डकुमेन्ट नदिन पनि सक्छ।त्यसैले वाइतो गर्दा अबका नयाँ विद्यार्थीहरुले विशेष ध्यान पुर्याउने गर्नुपर्दछ।जापानमा छोटो समयमा धेरै कमाउन भन्दा पनि दीर्घकालिन रुपमा आफ्नो भविष्य सुरक्षित गर्ने प्रयास गरौँ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




