टोकियो/जापान। बैंक अफ जापान (BOJ) का गभर्नर काजुओ उएदाले देशको अर्थतन्त्र अपेक्षानुसार सुधारिएमा नीतिगत ब्याजदर अझै बढाउन सकिने संकेत दिएका छन्।उनको यो भनाइपछि जापानी येनको भाउ डलरको तुलनामा सुधार हूँदै प्रति १ डलर बराबर १४२.१२ येन सम्म पुग्यो।
उएदाले टोकियोमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा भने, “यदि आर्थिक आँकडाले हाम्रो अपेक्षा पुष्टि गर्यो भने, हामी आवश्यकतानुसार मौद्रिक नीतिमा समायोजन गर्नेछौं,”
उनका अनुसार जापानले अहिले खाद्य मूल्यवृद्धि मार्फत दोस्रो आपूर्ति धक्का भोगिरहेको छ, जसको असर मुद्रास्फीतिमा पर्ने भएकाले सावधानी आवश्यक छ।हालै अप्रिल महिनाको तथ्यांक अनुसार, ताजा खाद्यबाहेकको मुद्रास्फीति ३.५ प्रतिशत पुगेको छ, जुन लगातार ३ वर्षदेखि बैंकको २% लक्ष्यभन्दा माथि छ।
बैंकले हालै आर्थिक वृद्धिको अनुमान घटाउँदै मुद्रास्फीति लक्ष्य पुग्ने समय एक वर्ष पछाडि सारेको छ। तर, पछिल्ला घटनाक्रम हेर्दा यसै वर्षभित्रै फेरि ब्याजदर बढ्ने सम्भावना देखिएको छ।
बैंक अफ जापानले आगामी जुन १७ को बैठकमा नीति स्थिर राख्ने तर सरकारी ऋणपत्र खरिदमा कटौती गर्ने योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




