
टोकियो/ जापान ।जापान र दक्षिण कोरियाले आपसी कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर आइतवारदेखि चार विमानस्थलमा एकअर्काको देशबाट आउने पर्यटकका लागि विशेष छिटो प्रवेश प्रणाली (फास्ट-ट्र्याक) सञ्चालनमा ल्याएका छन्।
यो सुविधा जापानको टोकियोस्थित हानेदा विमानस्थल, फुकुओकाको विमानस्थल, तथा दक्षिण कोरियाको सउलस्थित गिम्पो र बुसानस्थित गिम्हे विमानस्थलमा लागू गरिएको हो। यो सुविधा जुन ३० तारिखसम्म लागू हुनेछ।
प्रवेश प्रक्रियालाई सहज बनाउँदै आगन्तुक पर्यटकलाई छिटो छिर्न सहयोग गर्ने उद्देश्यले यो विशेष लेन सुरु गरिएको जापानको आप्रवासन सेवा निकायले जानकारी दिएको छ। जापानमा पहिलोपटक कुनै एक विशेष राष्ट्रका लागि छुट्टै प्रवेश लेन तोकिएको हो।
यो सुविधा बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्मका उडानहरूमा मात्र लागू हुनेछ। साथै, सुविधा प्रयोग गर्न चाहने व्यक्तिले विगत एक वर्षभित्र सम्बन्धित मुलुकको भ्रमण गरिसकेको हुनुपर्छ र पूर्वदर्ता गरिएको हुनुपर्छ।
ऐतिहासिक तथा भू-राजनीतिक विषयमा समय-समयमा मतभेद देखिए पनि जापान र दक्षिण कोरिया एकअर्काका लोकप्रिय पर्यटन गन्तव्य बनेका छन्। खासगरी पप संस्कृति, टेलिभिजन ड्रामा र खानाका कारण यी दुई देशबीच पर्यटन आदानप्रदान बढ्दो छ।
यी दुई देशबीच सन् १९६५ जुन २२ मा आधारभूत सन्धिमा हस्ताक्षर गरी औपचारिक कूटनीतिक सम्बन्ध कायम गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




