टोकियो/जापानं जापानले सन् २०२४ को आर्थिक वर्षमा विदेशी यात्रुहरूबाट लिएको प्रस्थान करबाट अहिलेसम्मकै उच्च आम्दानी गरेको छ। यात्रुहरूको संख्यामा उल्लेखनीय वृद्धि भएका कारण यो कर राजस्व नयाँ कीर्तिमा पुगेको, वित्त मन्त्रालयले
जानकारी दिएको छ।
जसअनुसार, अप्रिलदेखि मार्चसम्मको आर्थिक वर्षको अन्तिम हिसाब अझै बाँकी भए पनि मे महिनासम्मको संकलन अनुसार राजस्व ४८ अर्ब १० करोड येन पुगेको छ। यो रकम सन् २०१९ को अघिल्लो कीर्तिमान ४४ अर्ब ३० करोड येनभन्दा धेरै हो। अन्तिम तथ्यांक पछि सार्वजनिक गरिनेछ।
सरकारले जापानबाट बाहिरिने प्रत्येक यात्रु (राष्ट्रियता जेसुकै भए पनि) बाट १,००० येन अन्तर्राष्ट्रिय पर्यटक कर उठाउँछ। यो कर सन् २०१९ मा सबैभन्दा धेरै उठेको थियो तर कोरोनाका कारण त्यसपछि निकै घटेको थियो। अहिले भने पुनः वृद्धि भइरहेको छ।
जापानमा हाल कमजोर येन तथा हवाई उडानहरू बढेका कारण पर्यटकहरूको आगमनमा तीव्र वृद्धि भएको जापान राष्ट्रिय पर्यटन संगठन (JNTO) को विश्लेषण छ।
प्रधानमन्त्री शिगेरु इसिबाले पर्यटन प्रवर्द्धन र प्रमुख पर्यटकीय क्षेत्रहरूमा भीड व्यवस्थापनका लागि थप स्रोत जुटाउन बिदाइ कर वृद्धिको सम्भावनाबारे संकेत गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




