टोकियो/जापान। जापानको श्रमिक संगठन रेनगोले मूल्यवृद्धिका कारण श्रमिकहरूको जीवन झनै कठिन बन्दै गइरहेको भन्दै, न्यूनतम पारिश्रमिकमा ठूलो मात्रामा वृद्धि गर्न र त्यसका लागि आवश्यक वातावरण तयार गर्न आग्रह गर्दै स्वास्थ्य श्रम मन्त्रालय समक्ष औपचारिक अनुरोध पेश गरेको छ।
रेन्गोले चालु आर्थिक वर्षको न्यूनतम पारिश्रमिकसम्बन्धी राष्ट्रिय सल्लाहकार समितिमा छलफल सुरु हुनु अघि यस्तो आग्रह गरेको हो। रेनगोका कार्यालय प्रमुख शिमिजु ले उपस्वास्थ्य श्रम मन्त्री वानिबुचिलाई प्रतिवेदन बुझाएका थिए।
रेनगोको आग्रह अनुसार, खाद्यान्नलगायत विभिन्न वस्तुहरूको मूल्यवृद्धि जारी रहँदा न्यूनतम पारिश्रमिकमा काम गर्ने व्यक्तिहरूको जीवन झन् कष्टकर बनेको छ। त्यसैले, चालु वर्षको संशोधनमा सबै प्रिफेक्चरहरुको न्यूनतम पारिश्रमिक १००० येन नाघ्नुपर्ने र मध्यमकालीन लक्ष्यको रूपमा ठूलो वृद्धि गर्नुपर्ने माग गरिएको छ।
त्यसका साथै, शहरी र ग्रामीण क्षेत्रबीच न्यूनतम पारिश्रमिकको अन्तर निकै ठूलो रहेको र यसले श्रमशक्तिको विस्थापनलाई बढावा दिएको भन्दै, पारिश्रमिक अन्तर घटाउने व्यवस्था गर्नुपर्ने पनि उल्लेख गरिएको छ। साथै, सानातिना तथा मध्यम व्यवसायहरूले बढेको जनशक्ति खर्चलाई मूल्यमा समायोजन गर्न सक्ने वातावरण निर्माण गर्न आग्रह गरिएको छ।
उपमन्त्री वानिबुचिले भने, “यो अनुरोधलाई गम्भीर रूपमा लिन्छौं। सबैसँग समन्वय गर्दै काम अघि बढाउँछौं,” भनी प्रतिक्रिया दिएका थिए।
कार्यालय प्रमुख सिमिजुले, “न्यूनतम पारिश्रमिक वृद्धिलाई ध्यानमा राख्दै मूल्य समायोजन र साना उद्यमहरूको सहायता प्रणाली अझ बलियो बनाइनु आवश्यक छ,” भन्ने धारणा व्यक्त गरे।
पछिल्लो वर्ष, जापानको न्यूनतम पारिश्रमिक राष्ट्रिय औसतमा ५१ येनले बढाएर इतिहासकै सबैभन्दा ठूलो वृद्धि गरिएको थियो। हाल जापानको औसत पारिश्रमिक घण्टाको १०५५ येन पुगेको छ। सरकारले सन् २०३० अगावै यो औसतलाई १५०० येन पुर्याउने लक्ष्य राखेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




