कुमामोतो/जापान। कुमामोतो नेपाली समाज, जापानले आफ्नो चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। कुमामोतोको ईसान रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रमले रोशन भट्टराईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
कार्यसमितिका पदाधिकारीहरूमा उपाध्यक्ष बद्री सापकोटा, महिला उपाध्यक्ष रूपा नेपाली, सचिव सुजन कटुवाल, सहसचिव कपिल तिमल्सिना र बिक्रम बी.के., कोषाध्यक्ष सन्तोष अधिकारी, सह-कोषाध्यक्ष कैलाश बुढाथोकी, र युवा संयोजक मदन गुरुङ चयन भएका छन्।
सदस्यहरूमा प्रकाश शर्मा, कृष्ण पंगेनी, गोपाल बस्नेत, गौरव सुनार, कल्पना अधिकारी, बिनीता रिमाल, पेम्बा लामा शेर्पा, सुन्दर रानाभाट, मदन पौडेल, दीपेन्द्र थापा, सरोज अधिकारी, विजय कुमार साह, प्रकाश अधिकारी, र सुदीप आचार्य रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा एनआरएनएका आईसीसी सदस्य छत्र दाहालले नेपाली संस्कृति र परम्पराको माध्यमबाट विदेशमा नेपाल चिनाउँदै, नेपालीहरूका दुःखसुखमा सँगै रहने संस्कारले समाज छोटो अवधिमै लोकप्रिय बन्न सफल भएको बताए।
“बिगतका दिनमा प्रवासमा समाज तथा संगठन निर्माण गर्न धेरै संघर्ष गर्नुपर्थ्यो। आज यति ठूलो सहभागिता सहित कार्यक्रम सम्पन्न हुनु महत्त्वपूर्ण उपलब्धि हो। यसलाई अझ व्यवस्थित र मर्यादित बनाउन, समाजको वृद्धिका लागि संस्थागत तथा व्यक्तिगत रूपमा सधैं सहयोग गर्न तत्पर छौं,” उनले भने।
एनआरएनए क्यूसु उपसंयोजक श्रीकृष्ण पाठकले, समाजसँगको सहकार्यमा एनआरएनए क्यूसुले विगतमा पनि महत्वपूर्ण कार्यक्रमहरू गर्दै आएको स्मरण गराउँदै, नयाँ कार्यसमितिले सामाजिक सम्बन्ध र सहकार्यको नीति अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
अन्य वक्ताहरूले यो समाज नाफामुखी नभई सेवामुखी भएको उल्लेख गरे। उनीहरूले विगतका कमी–कमजोरी सुधार्दै, भविष्यमा अझ ज्ञान र अनुभवका साथ समाजलाई नयाँ ढंगले अगाडि बढन सकोस भन्नने शुभकामना व्यक्त गरे।
नयाँ कार्यसमिति चयनका लागि समाजका सल्लाहकार सुरेन्द्र डंगोलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। समितिमा कुमामोतो नेपाली समाजका संस्थापक संरक्षक डा. हरि देवकोटा र पूर्वअध्यक्ष पवन अधिकारी सदस्य रहेका थिए।
कुमामोतो नेपाली समाज, जापानले यहाँ आयोजित खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। साथै, अध्ययन र रोजगारीका लागि जापान आउने नेपालीहरूको क्षमता अभिवृद्धिका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




