पछिल्लो समय जापानका विभिन्न शहरहरुमा बढ्दो नेपालीहरुको संख्यासँगै नेपालका विभिन्न चाडपर्व तथा विशेष अवसरहरुमा नेपाली संस्कृतिलाई प्रवर्द्धन गर्ने खालका विभिन्न किसिमका कार्यक्रमहरु हुँदै आइरहेका छन भने प्रमुख शहरहरुमा नेपाल फेस्टिवलहरु पनि आयोजना हुँदै आएका छन ।

यसैगरी जापानको ओसाकामा पनि गैरआवसीय नेपाली सङ्घ जापान क्षेत्रीय समिति कान्साईले सम्पन गरेको करिब २ महिना पुग्दै गर्दा फेरि गल्कोट समाज कान्साई जापानको मूल आयोजक र अन्य विभिन्न सामाजिक संघसंस्थाहरुको सह- आयोजनमा यहि मिति २०२५/०६/१४ र १५ गते Creative Center ओसाकामा “नेपाल महोत्सव २०२५” आयोजना हुँदै छ। जापानका विभिन्न शहरहरुमा यस्ता फेस्टिभल तथा महोत्सवहरु आयोजना हुँदै गर्दा आर्थिक ,सामाजिक, सांस्कृतिक महत्त्व र फाइदा त छदैँछ तर यसको साथसाथै जापानमा रहेका नेपालीहरुलाई भेटघाटसँगै रमाउने र खुशि साट्ने अवसर पनि प्राप्त भएको हुन्छ भने जापानमै हुर्कदैँ गरेका नेपाली बालबालिकाहरुलाई नेपाली कला र संस्कृतिप्रति नजिक हुने र बुझ्ने अवसर पनि प्रदान गरेको हुन्छ।

जापानका विभिन्न शहरहरुमा जस्तै कान्साईमा पनि गल्कोट समाजले कार्यक्रम आयोजना गर्दै गर्दा नेपाली भाषालाई प्राथमिकता दिई “नेपाल महोत्सव २०२५ “ भनि घोषणा गरेको छ यसरी यो शब्दलाई सामान्य रुपमा हेरिएतापनि विदेशीभूमिमा यसरी नेपाली लिपीलाई ध्यान दिई अघि बढ्नु राष्ट्रप्रतिको भाव मात्रै नभएर आगामी दिनमा अन्य क्षेत्रका सामाजिक संघसंस्थाहरुलाई पनि सकारात्मक सन्देश दिएको होकी भनेर सोच्नु पर्ने विषय बनाएको छ।विदेशीभूमिमा एउटा जिल्लाको एउटा क्षेत्रले मात्रै करोडौँ खर्चेर यसरी कार्यक्रम आयोजना गर्नु सहज र सामान्य विषय भने पक्कै होइन किनभने यहाँ आर्थिक ,सामाजिक तथा मानविय व्यवस्थापन देखि भौतिक व्यवस्थापन गर्नु आफैँमा चुनौतीपूर्ण र कठिन विषय हुन पुग्दछ।कार्यक्रम के कसरी सम्पन्न हुन्छ त्यो आफ्नो ठाउँमा छ तर पनि गल्कोट समाज कान्साईको संस्थाभित्र आन्तरिक सम्बन्ध बलियो र एकतापूर्ण रहेको छ भन्ने सन्देश चाहीँ अवश्य दिनेछ र अन्य सामाजिक संघसंस्थाहरुलाई पनि आन्तरिक सम्बन्धको महत्त्वबारे राम्रो ज्ञान दिनेछ।

जापानका विभिन्न क्षेत्रहरुमा नेपाल फेस्टिवल आयोजना हुँदै गर्दा यसले मनोरन्जन मात्र नभई,आर्थिक क्षेत्र, दुई देश विचको आपसीसम्बन्ध,जापनमा रहेका विभिन्न क्षेत्रका प्रतिभावान व्यक्तिहरुलाई प्रतिभा देखाउने अवसर , नेपालमा भएका कलाकारहरुलाई विदेश आउने अवसर,विश्वव्यापी रुपमा बढ्दो नेपाली खानाको लोकप्रियतालाई अझ माथी पुर्याउन र जापानमै रहेका विभिन्न व्यावसायिकर्मीहरुलाई पनि व्यवसायको प्रचार गरि आफ्नो उत्पादित बस्तु तथा सेवालाई जापानी समुदायबिच बजारिकरण गर्न पनि सहज हुने देखिन्छ।पछिल्लो समय जापानमा बढ्दो नेपालीहरुको संख्यासँगै विभिन्न पेसा तथा व्यवसायमा पनि नेपालीहरु उच्च तहमा पुगेको देखिन्छ।यसरी फेरि पनि कान्साईमा नेपाल महोत्सव आयोजना हुँदै गर्दा नेपालको छवि अझ उच्च बनाउँदै निम्न कुराहरुमा केहि सहयोग मिल्ने अपेक्षा पनि गरिएको छ।

दुई देश विचको आपसीसम्बन्ध
नेपाली समुदायले विदेशीभूमिमा कार्यक्रम गर्दै गर्दा उक्त देससँग पनि आपसीसम्बन्ध सुमधुर हुने गर्दछ।यसैगरी जापानमा पनि यसरी नेपाल महोत्सव आयोजना गर्दै गर्दा स्थानीय तहका राजनीति दलका व्यक्ति,विभिन्न पेसा ,व्यवसाय,तथा सरकारी तथा निजी सङ्घसंस्थाहरुसँग पनि सम्बन्ध नजिक बनाउन सकिने एउटा अवसर पनि हुनेछ जसले दुई देशको सम्बन्धलाई नजिक बनाउन सहयोग पुर्याउदछ भने जापानी समुदाय विच नेपालीहरु प्रति सकारात्मक सन्देश पनि जाने गर्दछ।हामीले आयोजना गर्ने कार्यक्रमहरु उत्कृष्ट रुपमा कार्यसम्पादन गरि पुरा गर्न सकियो भने विभिन्न व्यावसायमा आबद्ध व्यक्तिहरुलाई नेपालमा लगानी भित्र्याउने वातावरण बनाउन पनि केहि आधार तय गर्न सकिन्छ त्यसैले हामी नेपालीहरु एक आपसमा मिलेर कार्यक्रम निकै भव्य र सभ्य रुपमा सफल पार्न जरुरी छ।

नेपाली मौलिक संस्कृतिको प्रवर्द्धन
विश्वको जुनसुकै कुनामा बसे पनि हामी नेपालीहरुको मन आफ्नै देश प्रति नै सुम्पिएको हुन्छौँ साथै तन जता पुगे पनि मन चाहिँ नेपाली नै हुन्छ।नेपाली मनको प्रत्यक्ष प्रभाव नेपालीका चाडपर्व विशेषमा अनुभूति गर्न सकिन्छ ।दसैँ,तिहार होस् वा अन्य चाडपर्वमा विदेशमा रहेका नेपालीले पनि धूमधामसँग कार्यक्रम गर्ने गरेका हुन्छन।कला, धर्म र संस्कृतिमा नेपाल धेरै धनी छ।विदेशमा बस्ने नेपालीले नेपालको यो पहिचान र मौलिकतालाई विदेशमा समेत फैलाउने अभियानलाई गति दिनु आवश्यक छ।नेपाल र नेपालीको मौलिकता र पहिचानकै कारण संसारले हामीलाई चिन्ने हो ।त्यसैले पनि नेपाल महोत्सवले नेपालीहरुको विभिन्न किसिमका कला संस्कृति , रहनसहन तथा भेषभूसालाई जापानी समुदाय विच परिचित बनाउने सजिलो माध्यमको रुपमा भूमिका खेल्ने आशा र विश्वास पनि गरिएको छ।

नेपालको पर्यटन विकासमा सहायता
मुलुकको पर्यटन प्रवर्द्धन र बिकासका लागि सञ्चार माध्यमको पनि उल्लेखनिय भूमिका रहेको हुन्छ। “जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई स्वदेशमा भित्र्याउन सकिन्छ त्यसका लागि पनि नेपाल फेस्टिवलले सञ्चार माध्यमको रुपमा नेपालको बारेमा जानाकारी दिँदै प्रचारप्रसारमा बिशेष योगदान पुर्याउन सहयोगि भूमिका खेल्न सक्दछ।हामीले जापानको पर्यटन क्षेत्रलाई राम्रोसँग बुझेका पनि छौ त्यसैले देशको आर्थिक विकासमा पर्यटनको क्षेत्रको महत्त्व कति छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ।पछिल्लो समय विश्वका विभिन्न मूलुकहरुमा नेपालीहरुको संख्या बढेसँगै नेपाल र नेपालीहरुको कला संस्कृतिलाई झल्काउने कार्यक्रमहरु आयोजना गर्न जरुरी छ जसले गर्दा नेपालको पर्यटन व्यवसाय फस्टाउन वा माथि पुग्न निकै महत्त्वपुर्ण भूमिका पनि निर्वाह गर्दछ।

जापानमा हुर्कदै गरेका बालबच्चाहरुलाई नेपाली संस्कृति तथा रहनसहनको बारेमा जानाकारी 

पछिल्लो समय जापानमा जन्मेर जापानमै हुर्किदै गरेका बालबच्चाहरुको संख्या पनि बढ्दै गएको छ त्यसैले यसरी कार्यक्रम आयोजना गर्दा उनिहरुलाई नेपालको कला, संस्कृति, रहनसहन तथा नेपालको परिवेश बारे जान्ने र बुझ्ने मौका प्राप्त हुन्छ त्यसैले गर्दा पनि उनिहरुलाई यस्ता कार्यक्रमहरुमा सहभागि गराउन जरुरी पर्दछ।

नेपाली खानाको प्रचारप्रचारमा सहयोग
पछिल्लो समय नेपाली खानाको स्वाद र परिकार विश्वसामु लोकप्रिय हुदैँ गर्दा जापानमा पनि नेपाल फेस्टिवलले थप सहयोग पुर्याउन सक्दछ। अझै पनि जापानमा नेपालीहरुले सन्चालन गरेका अधिकांश रेस्टुरेन्टहरु भारतको नाम राखेर चलाउने गरेको पाइन्छ त्यसैले यसलाई अन्त्य गर्न पनि नेपाल फेस्टिवलमा नेपाली खानाका परिकारहरुलाई विशेष ध्यान दिन जरुरी देखिन्छ। रेस्टुरेन्ट सन्चालकहरुले व्यापार र पैसाकै लागि मात्र भन्दा पनि खानाको गुणस्तर र मुल्यमा पनि उचित ध्यान दिन जरुरी देखिन्छ। अझै पनि केहि रेस्टुरेन्टहरुमा भाषाकै कारण जापानीहरुले आफुले सोचेजस्तै सेवा सुविधा नपाएको गुनासो गरेको सुनिन्छ यसकारण पनि ग्राहकको चाहाना अनुरुप आफ्नो बस्तु तथा सेवालाई ध्यान दिन आवश्यक पर्दछ।आशा गरौँ नेपाल फेस्टिवलले स्वस्थ्य र गुणस्तर खाना बिक्री गरेर नेपाली खानाको प्रचारप्रसार तथा बजारीकरणमा सहयोग पुर्याउन मद्दत गर्नेछ।

आर्थिक व्यवस्थापन
कुनै पनि संस्थाको लागि आर्थिक पक्ष सबैभन्दा महत्त्वपुर्ण रहेको हुन्छ आर्थिक पाटो कमजोर भयो भने कुनै पनि संस्थाले सोचेअनुरुप कार्यक्रम अघि बढाउन गर्न सक्दैन त्यसैले पनि आर्थिक क्षेत्रलाई विशेष ध्यान दिई अघि बढ्न जरुरी देखिन्छ । गल्कोट समाज कान्साईले पहिलो पटक नेपाल महोत्सव आयोजना गर्दै गर्दा आगामी वर्षमा यसलाई निरन्तरता दिने वा नदिने भन्ने कुराको निर्णायक पनि आर्थिक क्षेत्र नै प्रमुख हुनेछ।यसरी जापानमा आयोजना गरिने नेपाल महोत्सव वा फेस्टिभलको प्रमुख आयस्रोत भनेको नै विभिन्न पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति र कम्पनीका मालिकहरुबाट सहयोग स्वरुप प्राप्त रकम र स्टल प्रयोग गरे बापत प्राप्त आउने रकम हो। जापानमा नेपाल फेस्टिवल आयोजना गर्ने धेरै जस्तो संस्थाहरु घाटामा जाने गरेको पनि बुझिन्छ त्यसैले गल्कोट समाज कान्साई पनि यो अवस्थाबाट टाढा रहनको लागि अहिले नै आर्थिक सङ्कलन अभियानमा व्यापक रुपमा अगाडी बढ्न जरुरी देखिन्छ।आर्थिक रकम सङ्कलन गर्दै गर्दा नेपाल फेस्टिवलको लागि मात्र नभएर आगामी दिनमा पनि नेपाली समुदायहरुको हकहितकै लागि रकम सहयोग गर्ने वाचा गर्दै केहि उद्देश्यका साथ आर्थिक अभियानमा लाग्ने हो भने रकम सङ्कलन गर्न सहज हुने देखिन्छ होइन भने अधिकांश नेपालीहरुमा आर्थिक हिसाबकिताबको पारदर्शिता हुँदैन भन्ने शंकाले पनि आर्थिक सहयोग गर्न अप्ठ्यारो मान्दछन।

यसरी गल्कोट समाज कान्साई जापानले ओसाकामै नेपाल फेस्टिवल सम्पन भएको दुई महिना पुरा नहुँदै आयोजना गर्नुले धेरैजसो कान्साईवासी नेपालीहरुमा यसरी तत्कालै गर्नुभन्दा केहि महिना पछि वा आगामी वर्ष आयोजना गरेको भएमा पनि राम्रो हुने थियो कि भन्ने विचारहरु पनि आएका सुनिन्छन ।यदपी संस्थामा आबद्द व्यक्तिहरुको कार्यकालको समयावधि र कार्ययोजनाको उधेश्य अनुरुप अहिले नै आयोजना गरेको होकि भनेर पनि बुझ्न सकिन्छ। गएको नेपाल फेस्टिभललाई हेर्ने हो भने फेरि पनि त्यसरी नै नेपाली समूदाय र जापानीहरुको उपस्थिति रहने हो भने भौतिक तथा मानविय व्यवस्थापनमा केहि चुनौती देखिन सक्छ साथै नेपालका चर्चित कलाकारहरुको आगमनले गर्दा पनि फेरि पनि दर्सकहरुको उपस्थिति बाक्लै हुने पनि सहजै अनुमान लगाउन सकिन्छ त्यसैले यो विषयलाई गम्भीर रुपमा सोचि गल्कोट समाज कान्साई अघि बढ्न जरुरी छ। जापानमा बढ्दो गर्मीसँगै आयोजकले टाढा बाट आउने व्यक्तिहरु र स- साना बालबालिका लिएर आउने अभिभावकहरुलाई विशेष ध्यान दिन जरुरी देखिन्छ जसको लागि स्वयमसेवकहरु कार्यक्रम अवधिभर जिम्मेवारी भएर लागि पर्न आवश्यक देखिन्छ।

अन्त्यमा, “नेपाल महोत्सव कान्साई २०२५” लाई सभ्य र भव्य रुपमा सफल पार्नको लागि कान्साईवासी सम्पुर्ण नेपालीहरु लगायत जापानमा रहेका विभिन्न सङ्घसंस्था तथा पेसा व्यावसायमा जोडिनु भएका सम्पुर्ण व्यक्तिहरु हामी सबै नेपाली एक हौँ र हामी सबैको उत्तिकै जिम्मेवारी जरुरी पर्दछ भन्ने विचार बोकी अघि बढ्न जरुरी छ।नेपाल महोत्सव २ दिनको लागि समय मिलाएर आफु, आफ्ना नजिकका साथिभाई लगायत आफुले चिनेका जापानीहरुलाई कार्यक्रममा सहभागी गराउने प्रयास गरौँ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार