साईतामा/जापान। जापानको साईतामा अनुहारमा मसला दलेर ७८ लाख येन बराबरको लुटपाटको अभियोगमा चार जना भारतीय तथा नेपाली नागरिक पक्राउ परेको जापानी संचार माध्यमहरुले खबर प्रकाशन गरेका छन् ।
साईतामा प्रहरीको अनुसन्धान विभागले जुन ९ तारिख सार्वजनिक गरेको विवरणअनुसार, लुटपाट तथा शारीरिक क्षति पुर्याएको अभियोगमा इबाराकी प्रिफेक्चर , युकी शहर निवासी ३१ वर्षीय शर्मा अमन सहितका भारतीय नागरिक र नेपाली गरि चार जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिहरूले आरोप स्वीकार गरेका छन् वा छैनन् भन्ने विषयमा प्रहरीले खुलासा गरेको छैन।
पक्राउको आरोपअनुसार, उनीहरूले आपसमा मिलेमतोमा मार्च १४ तारिख दिउँसो करिब ३ बजेर २० मिनेटतिर, साईतामा प्रिफेक्चरको योशिकावा शहरस्थित सडकमा हिँडिरहेका मानव संसाधन कम्पनीका ५२ वर्षीय अध्यक्षको अनुहारमा मसला जस्तो पदार्थ दल्दै आक्रमण गरेका थिए। उक्त आक्रमणका कारण उनको आँखामा चोट लागेको थियो। त्यसपछि उनीहरूले अध्यक्षसँग भएको ७८ लाख येन बराबरको नगद भएको झोला लुट्ने प्रयास गरेका थिए।
शर्मा अमन सन् २०२४ को अक्टोबरदेखि उक्त मानव संसाधन कम्पनीमा काम गर्दै आएका थिए। घटनाको समयमा कम्पनीका अध्यक्ष आफ्ना कर्मचारीहरूलाई तलब वितरण गर्न गइरहेका थिए।
प्रहरीले यो घटनालाई पूर्व योजना अनुसार गरिएको आपराधिक हमला मानेर थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




