टोकियो/जापान। ८ तारिख बिहान १:४५ बजे, योकोहामा सिटीको मिदोरी वार्ड अन्तर्गत कामोई २ चोमे क्षेत्रमा पर्ने एक सहरको सडकमा , योकोहामाको कानागावा वार्डमा बसोबास गर्ने ६६ वर्षीय पुरुषको मिनिबाईक पत्रिका वितरणकर्मीको मिनीबाइक आपसमा ठोक्किएका थिए। घाइते भएका पुरुषलाई अस्पताल लगिएको थियो, यद्यपी उनलाई अस्पतालले मृत घोषणा गरिदिएको थियो। सोहि घटनामा नेपाली युवती पक्राउ परेको बताईएको छ।

त्यस घटनापछि, मिदोरी प्रहरी कार्यालयले सोही दिन, सवारी चलाउनेक्रममा लापरवाही गरेको आरोपमा अर्को मिनीबाइक चलाइरहेकी २३ वर्षीया नेपाली महिला वितरणकर्मीलाई घटनास्थलबाटै पक्राउ गरेको थियो। अहिले प्रहरीले उनीमाथि लापरवाहीका कारण मृत्युको मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार, घटना भएको स्थानमा ट्राफिक सिग्नल थिएन। प्रारम्भिक अनुसन्धानबाट प्राप्त विवरणअनुसार, पुरुषको मिनीबाइकले प्राथमिकता प्राप्त सडक हुँदै सोझै अगाडि जाँदै गर्दा, दाहिने दिशाबाट सोझै आइरहेको महिलाको मिनीबाइकसँग ठोक्किएको थियो। महिलालाई भने कुनै चोटपटक लागेको छैन।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार