टोकियो/जापान । टोकियो महानगरले जुन ९ तारिख दिएको जानकारी अनुसार, ओता नगरको चुअओ बोउतेई को कन्टेनर यार्डमा जुन ४ तारिख भेटिएको करिब ६० वटा कमिला खतरनाक विषालु हिआरी (ヒアリ – Fire Ant) भएको पुष्टि भएको छ। हिआरी दक्षिण अमेरिकी मूलको विशेष प्रकारको घातक कमिला हो जसलाई जापान सरकारले ‘विशेष गैर-स्वदेशी प्रजाति’ मानेको छ।

हिआरीले टोकेपछि शरीरमा “जलिरहेकोजस्तो पीडा” महसुस हुन्छ र गम्भीर अवस्थामा जीवन नै जोखिममा पर्न सक्ने बताइएको छ। केही व्यक्तिहरूमा यसको विषबाट एलर्जी प्रतिक्रिया आउन सक्छ जसले सास फेर्न गाह्रो हुने, मुटुको चाल तीव्र हुने, पेट दुख्ने, चक्कर लाग्ने र बेहोस हुनेजस्ता लक्षण देखिन्छन्।

यो कमिला मुख्य रूपमा कन्टेनर वा सामानहरूसँग अन्य देशहरूबाट ओसारिने क्रममा जापान भित्रिने गरेको पाइएको छ । एक पटक फैलिएको अवस्थामा जडदेखि उन्मूलन गर्नु अत्यन्तै कठिन हुने बताइएको छ।

हाल टोकियो महानगर र वातावरण मन्त्रालयले उक्त स्थानमा विषालु चारा राखेर नियन्त्रण प्रयास थालेका छन्। नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ । यदि यस्तो कमिला देखिएमा नछोइ तत्काल प्रशासन वा विशेषज्ञलाई खबर गर्नुपर्नेछ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार