तोचिगी/जापान। “नेपाल जापान मित्रताको सम्मान,भाषा कला सँस्कृतिको आदान प्रदान” भन्ने मूल नाराका साथ तोचिगीमा पहिलो पटक नेपाल फेस्टिवल आयोजना गरिने भएको छ।
जापान लगायत जापानमा रहेका अन्तर्राष्ट्रीय समुदायमा नेपाली भाषा,कला,सँस्कार सँस्कृति,रितिरिवाज,खानपान र भेषभुषाको प्रचार प्रसार गरी देशको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै जापान संगको नेपालको सम्बन्ध थप प्रगाढ बनाउनका लागि उचुनोमियाको एकी स्थीत लाइटक्युवमा प्रथम नेपाल फेस्टिबलको आयोजन गर्न लागिएको एनआरएनए तोचिगी क्षेत्रिय समितीका संयोजक सन्तोष घिमिरेले बताए।
जापानस्थित नेपाली राजदुत डा.दुर्गा बहादुर सुबेदीको प्रमुख अतिथ्यतामा आयोजना हुने फेस्टीवलको लागि विभिन्न विभागहरु गठन गरी तयारी गरिनुका साथै बुधबार जापान स्थीत नेपाली राजदुत डा.दुर्गा बहादुर सुबेदी, एनआरएनए जापानका अध्यक्ष नबिन निउरे,उपाध्यक्षहरु श्रेष्ठ, सुभास लामिछाने ,सचिन श्रेष्ठ,महासचिव टिकाराम खरेल लगायतले ब्यानर तथा पर्चा सार्वजनिक गरेको कार्यक्रम संयोजक एवं एनआरएनए तोचिगी क्षेत्रीय समितिका कार्यवाहक सचिव मन सुधन बंशीले जानकारी दिए ।
फेस्टीवलमा नेपाल तथा जापानको खानपानको विभिन्न परिकारका १३ वटा स्टलहरु रहने छन् भने,साँस्कृतिक बाजागाजा,भेषभुषा,नाँचगान लगायतका साहित्यिक तथा सांगितिक प्रस्तुतीहरु प्रस्तुत गरिनेछ। फेस्टिवल एसबिआई रेमिट र एभरेष्ट कम्पनी लिमिटेडले प्रमुख इभेन्ट पार्टनरको रुपमा रहेका छन् ।
संयोजक घिमिरेका अनुसार, बिशिष्ट अतिथीको रुपमा तोचिगी प्रिफेक्चरल प्रमुख, एनआरएनए आइसिसी, एनआरएनए जापानका अध्यक्ष एबं उचुनोमिया नगरपालिकाका मेयर लाई आमन्त्रण गरिएको छ।
नेपाली समुदायको प्रतिनिधित्व हुनेगरी हाल सम्मकै पहिलो फेस्टीवल आयोजना गर्न लागिएकोले एनआरएनए जापानका सबै क्षेत्र,नेपाली तथा अन्तराष्ट्रिय समुदायले उपस्थिती जनाएर नैतिक,भौतिक,आर्थिक सबै किसिमका सहयोग गरी कार्यक्रम सफल बनाउन आग्रह समेत गरिएको छ।
कार्यक्रममा, प्रवासमा बसेर नेपाली आप्रवासीहरुलाई योगदान पुर्याउने राजदुतावास, तोचिगी प्रिफेक्चर,उचुनोमिया नगरपालिका,विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुलाई सम्मान,कदर – पत्र तथा मायाको चिनो समेत प्रदान गरिने योजना रहेको बताईएको छ।
तोचिगी स्थीत ताबुआता भोलेन्टिअर गैरसरकारी संस्थाको प्रमुख संयोजन रहेको कार्यक्रमका लागि नेपाली राजदुतावास जापान,एनआरएनए जापान,तोचिगी इन्टरनेसनल एसोसियसन,उचुनोमिया सिटी, उचुनोमिया सिटी इन्टरनेसनल, उचुनोमिया नेपााली समाज,डोल्प्स ग्रुप,टिम तोमोदाची,आरडी ग्रुप,तोचिगी नेपाली कम्युनिटी लगायतको सहकार्य रहेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




