हामी सबैलाई थाह छ कि, जापान प्रविधि विकासमा निकै ठूलो फड्को मारेको मुलुक हो। यद्यपी,जापानको एउटा विशेषता भनेकै- प्रविधिसँगै परम्परालाई जोगाउँदै अघि बढ्नु हो। सहरको व्यस्त जीवनशैलीसँगै गाउँको परिश्रम, प्रकृतिको लय र कृषिको कदर आज पनि यहाँको मूख्य आकर्षणको रुपमा रहेको छ।जापानको यस्तै एक मौसमी परम्परा हो – धान रोपाइँ (田植え – ताउए), जुन प्रत्येक वर्ष मे महिनाको अन्त्यदेखि जुन महिनाको मध्यसम्म गरिन्छ।
जापानको धान रोपाइँ मुख्य रूपमा “चुयु ” (梅雨- टोकियो लगायतको केन्द्रीय जापानमा, सामान्यतया जुनको पहिलो हप्ता तिर सुरु भई जुलाईको तेस्रो–चौथो हप्ता सम्म रहन्छ।) भनेर चिनिने वर्षा याममा गरिन्छ। जुन लगभग नेपालको चलनसंग मेल खान्छ । जापानमा जुन महिनालाई वर्षाको रुपमा लिने गरिन्छ। जुन समयमा अधिक वर्षा हुने र तापक्रम पनि बिस्तारै बढ्दै जाने भएकाले , धानको बिरुवाका लागि अनुकूल हुन्छ, र सिँचाइका लागि पनि पर्याप्त वर्षाका कारण सहज हुने भएकाले यहि समयमा धान रोपाइँ गरिन्छ।
यद्यपी, जापानभर रोपाइँको समय स्थान अनुसार केहि फरक हुन्छ – उत्तरी होक्काइदोमा मेको सुरुमा,मध्य जापान (तोयामा, नागानो, टोकियो आसपास) मा जुनको सुरुमा,र दक्षिणी क्षेत्रहरूमा मेको अन्त्यसम्ममा रोपाई गरिन्छ।
परम्परा र प्रविधिको समायोजनः

जापानको विगतको रोपाइँ संस्कृति हेर्ने हो भने – गाउँका महिलाहरू हिलोमा नाङ्गो खुट्टा गाडेर , एकपछि अर्को धानको बिउ रोप्दै गीत गाउँदै गरेको दृश्यहरु तस्बिर तथा पुराना भिडियोहरुमा देखिनेछ। आज पनि केही ग्रामीण क्षेत्रमा परम्परागत लुगामा सजिएर सामूहिक रोपाइँ गर्ने चलन बाँकी छ।तर अब अधिकांश ठाउँमा धान रोप्ने यान्त्रिक मेसिन (田植え機) को प्रयोगले समय र श्रम बचत गर्दै आएको छ। यसले खेतमा निर्धारित दूरीमा छिटोछरितो रोपाइँ सम्पन्न गर्छ। त्यसैले अहिले भने जापानमा व्यवसायिक धानखेती सबै मेसिनहरुकै प्रयोगमा हुने गर्दछ।
विद्यार्थीहरूका लागि जीवन पाठशालाः

जापानले प्रविधि विकासमा अत्यन्तै ठूलो उपलब्धीहरु हासिल गरिसकेकाले वास्तविक व्यवसायिक उत्पादन प्रकृया भने पूर्णरुपमा यन्त्रिकरण भइसकेको छ। यद्यपी, जापानका विद्यालयहरूले ‘शिक्षा’लाई केवल किताबी सीमित नराखी जीवन- आधारित सिकाइमा जोड दिन्छन्। त्यसैले धेरै प्राथमिक विद्यालयहरूमा धान रोपाइँलाई शैक्षिक गतिविधिको रूपमा समावेश गरिएको हुन्छ। बालबालिकाहरू आफ्नै हातले बिउ रोपेर, हिलोमा रमाएर कृषिकर्मप्रतिको सम्मान र सहानुभूति सिक्छन्।यो सिकाइ उनमा स्वावलम्बन, श्रमको सम्मान र खानाको कदर गर्ने चेतना विकास गराउने माध्यम बनेको छ।
धान: खाना मात्र होइन, संस्कार पनिः
जापानी भाषामा धानबाट प्राप्त चामलको भातलाई “गोहान (ご飯)” भनिन्छ, जसको अर्थ खाना नै हो। अर्थात्, भात नै यहाँको मूल खाद्यवस्तु हो।तर यहाँ धानको उपयोग अनेक क्षेत्रमा हुन्छ। घरको दैनिक भोजन,ओनिगिरी (भातको डल्ला),मोची (चामलको परिकार),पारम्परिक जापानी मदिरा “साके” मा समेत,अनि विद्यालयदेखि रेष्टुरेन्टसम्मको दैनिक मेनुमा।
धानको सौन्दर्य: खेतमै चित्रकलाः

कतिपय जापानी गाउँहरूमा धान रोपेर चित्र बनाउने “तान्बो आर्ट (田んぼアート)” प्रचलन छ। रंगिन धान प्रयोग गरेर खेतमै बनाइने यी कलाकृति टाढाबाट हेर्दा एनिमे पात्र, ऐतिहासिक व्यक्ति वा सांस्कृतिक चिन्ह जस्ता देखिन्छन्। यी कला पर्यटनको केन्द्र समेत बनेका छन्।
यदि तपाईं जापानमा हुनुहुन्छ भने, यो वर्षा याममा कुनै गाउँतिरको रोपाइँ हेर्नुहोस्। जहाँ खुल्ला आकाशमुनीका खेतका गह्राहरुमा हिलोमा रमाएका अनुहार, र मेहनतमा चम्किएको जीवन देख्न पाइन्छ।
(राजन गौतम, जापानस्थित नेपाली पत्रकार तथा अनलाइन मिडियाका सम्पादक हुन्। गौतम, जापानी समाज, संस्कृति तथा आप्रवासी जीवनशैलीका विषयमा नियमित लेख लेख्दै आइरहेका छन्।)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




