यामागाता/जापान। जापानको उत्तरपूर्वी क्षेत्रमा पर्ने यामागाता प्रिफेक्चरको एक बगैंचाबाट करिब २०० किलो प्रिमियम चेरी चोरी भएको प्रहरीले बताएको । प्रहरीका अनुसार चोरी गरिएका चेरीहरूको अनुमानित मूल्य करिब १० लाख येन रहेको छ॥

यामागाता प्रिफेक्चुरल प्रहरीले जनाए अनुसार, कामिनोयामा सहरमा रहेको उक्त बगैंचामा कुल ६७ वटा चेरीका बोटहरू थिए। तीमध्ये लोकप्रिय ‘सातो निशिकी’ प्रजातिका करिब ५० वटा बोटका फलहरू मात्र चोरी गरिएका थिए।

बगैंचाका ७४ वर्षीय पुरुष मालिकले आइतबार बिहान करिब ५ बजे बोटहरू जाँच गर्दा फलहरू हराएको देखेपछि दिउँसो प्रहरीलाई खबर गरेका थिए। उनका अनुसार उनले अन्तिमपटक शुक्रबार दिउँसो १२ बजे बोटहरू जाँच गर्दा कुनै असामान्य अवस्था देखिएको थिएन।

जापानभरि चेरी उत्पादनमा यामागाता प्रिफेक्चर अग्रणी मानिन्छ, तर गत वर्ष अत्यधिक गर्मीका कारण यहाँको चेरी उत्पादन ऐतिहासिक रूपमा कमजोर भएको थियो। यस्ता चेरीहरू प्रायः उपहारस्वरूप दिने गरिन्छ र महँगो रेस्टुराँहरूमा परिकारका रूपमा प्रयोग गरिन्छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार