टोकियो/जापान। १७ तारिख जापानको पूर्वी क्षेत्र केन्द्रित भएर अत्यधिक गर्मी भयो। आज १८ तारिख पनि जापानको उत्तरदेखि पश्चिम क्षेत्रसम्म धेरैजसो स्थानमा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने पूर्वानुमान गरिएको छ। यसैले हीटस्ट्रोकबाट बच्न विशेष सतर्कता अपनाउन आह्वान गरिएको छ।

१७ तारिख, यामानाशीको कोफु शहरमा ३८.२ डिग्रीगुम्मा गुन्माको ताकासाकी शहरमा ३७.७ डिग्री, शिजुओका शहरमा ३७.६ डिग्री तापक्रम कायम भएको थियो भने टोकियोमा पनि ३५ डिग्री माथी पुगेको थियो।

आज १८ तारिख, नागोया र गिफुमा३७ डिग्री,क्योटो, कोफु, कुमागाया ( साईतामा), फुकुशिमामा ३६ डिग्रीफुकुई, माएबाशी, यामागाता, इचिनोसेकीमा ३५ डिग्री तापक्रम कायम हुने अनुमान गरिएको छ। त्यसैगरी, टोकियो, ओसाका, मियाजाकी, ताकामाचुमा ३४ डिग्री,फुकुओका, हिरोशिमा, योकोहामामा ३३ डिग्री पुग्ने अनुमान गरिएको छ।

१७ तारिख जापानका विभिन्न स्थानबाट मानिसहरु बिरामी भइ अस्पताल लानुपरेका घटनाहरू धेरै थिए, र केही मानिसहरूको ज्यान गएको पुष्टि गरिएको छ।

त्यसैले उच्च गर्मीबाट बँच्न एयर कन्डिसनरको उचित प्रयोग गर्ने,प्रशस्त पानी र नुन/इलेक्ट्रोलाइट्स को सेवन गर्ने तथा बाहिर काम गर्दा पर्याप्त विश्राम लिनका लागि सुझाव दिइएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार