जापान। हिरोशिमाको ग्रामीण उपनगरमा रहेको जापानी स्टार्टअपले जापानको विद्युतीय सवारी साधन बजारलाई नयाँ जीवन दिनको लागि एकदमै सानो र सस्तो कार तयार पारेको छ।

केजी मोटर्स(KG Motors)नामक कम्पनीले उत्पादन गरेको यो कार एक सिटको ब्याट्रीबाट चल्ने विद्युतीय सवारी हो, जुन आधुनिक कारभन्दा बढी भविष्यको गोल्फ कार्टजस्तो देखिन्छ। तर, यसको आकर्षण यति बढी छ कि कम्पनीले सन् २०२७ मार्चसम्म डेलिभरी गर्ने लक्ष्य राखेको कुल ३ हजार ३ सय युनिटमध्ये आधाभन्दा धेरै पहिले नै बिक्री भइसकेका छन्।

यो कारको मूल्य करिब ७ हजार अमेरिकी डलर (अन्दाजी ११ लाख जापानी येन) रहेको छ, जसले गर्दा जापानजस्तो देशमा पनि सस्तो विद्युतीय सवारीको माग कति छ भन्ने देखिन्छ। ग्रामीण क्षेत्रका वृद्ध तथा एक्लै यात्रा गर्नेहरूका लागि यो कार अत्यन्त उपयोगी हुने अनुमान गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार