टोकियो/जापान । जापान मौसम विज्ञान एजेन्सीको अनुसार, यो वर्षको दोस्रो ताईफु (जापानमा हरेक वर्ष ताईफुको गणना गरि नाम राख्ने गरिन्छ )सोमबार बिहान ओगासावारा टापु नजिकैको समुद्री क्षेत्रमा विकसित भएको छ।

सोमबार बिहान ९ बजेतिर उक्त ताईफु ओगासावारा टापुको किनार नजिकै उत्तरपश्चिमतर्फ प्रतिघण्टा १५ किलोमिटरको गतिमा सर्दै थियो। यसको केन्द्रिय चाप १००४ हेक्टोपास्कल मापन गरिएको छ।
ताईफु २, चिचिजिमा टापुको नजिक पुगिसकेपछि क्रमशः कमजोर हुँदै बुधबार बिहानसम्ममा आँधीमा रुपान्तरण हुने अनुमान गरिएको छ।

मौसम एजेन्सीले टापु क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्क रहन अनुरोध गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार