टोकियो/जापान। आगामी जुन २९ तारिख, एनपिओ होउजिन (NPO 法人) धादिङ समाज जापानले आपतकालिन राहत कोष निर्माणका लागि सहयोगस्वरूप बार्बेक्यु कार्यक्रम आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रम चिबा स्थित साकुरा चुचुमि पार्कमा हुने समाजले जानकारी दिएको छ। बिहान १० बजेबाट सुरु भई अपरान्ह ४ बजेसम्म सञ्चालन हुने कार्यक्रममार्फत जापानबासी नेपाली समुदायबीच आपसी भेटघाट र सहकार्यलाई प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

समाजका अध्यक्ष बिमल श्रेष्ठले जापानभरिका सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन अनुरोध गर्नु भएको छ।

त्यस्तै, महासचिव सुशान्त बानियाँले भने-“अनुसार कार्यक्रम केवल रमाइलोको अवसर मात्र नभई समाजको आपतकालीन राहत कोष निर्माणमा योगदान पुर्‍याउने सुनौलो अवसर पनि हो।”

धादिङ समाज जापानले विगतदेखि नै जापानमा बसोबास गर्ने नेपाली समुदायको हितका लागि विविध कार्यक्रम तथा सहयोगका गतिविधिहरू गर्दै आएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार