टोकियो/जापान। नेपाली महिलाहरुको पर्व हरितालिका तीज को अवसर पारेर टोकियोको शिनओकुबोमा यस वर्ष दुई दिने तीज फेस्टिवल हुने भएको छ। जापानस्थित नेपाली समुदायको बाक्लो उपस्थिति रहने शिनओकुबो–ताकादानोबाबा स्टेशनको बीचमा रहेको चर्चित तोयामा पार्कमा आगामी अगष्ट २३ (शनिबार) र २४ (आइतबार) दुई दिन यो भव्य फेस्टिवल आयोजना गरिने आयोजकहरूले जनाएका छन्।
साँस्कृतिक सद्भाव र सामाजिक सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको यो फेस्टिवल SMYG e-Group को मुख्य आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा हुन लागेको हो।
फेस्टिवलमा तीजका मौलिक सांगीतिक प्रस्तुती, अर्गानिक तीज परिकार, र नेपाली नारी प्रतिभालाई प्राथमिकतामा राखिनेछ। नेपालबाट आमन्त्रित चर्चित कलाकारसँगै जापानमा सक्रिय नेपाली तथा अन्य अन्तर्राष्ट्रिय कलाकारहरूले पनि तीज विशेष सांगीतिक प्रस्तुती दिने छन्।
बिहान १० बजेदेखि साँझ ६:३० बजेसम्म सञ्चालन हुने यो ओपन फेस्टिवलमा जापानी, कोरियन, भियतनामी, बंगलादेशी र चिनियाँ सांस्कृतिक झलकसमेत प्रस्तुत गरिने जानकारी दिइएको छ। साथै, शिनजुकु सिटी अन्तर्गतको बहुसाँस्कृतिक केन्द्र, इन्टरनेशनल बिजनेस नेटवर्क लगायत निकायहरूको पनि सक्रिय सहकार्य रहनेछ।
फेस्टिवलमा नेपाली र जापानी खानाका परिकार, रेमिट्यान्स, मोबाइल, ट्राभल, स्कुल, कलेज लगायतका सेवा प्रदायक संस्थाका स्टलहरू रहनेछन्। साथै, नेपाल पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विशेष कार्यक्रमसमेत समावेश गरिने आयोजकले जनाएका छन्।
यस वर्ष तीज अगष्ट २६ मा परेको छ भने दर खाने दिन अगष्ट २५ रहनेछ। त्यसअघि आयोजना हुन लागेको यो फेस्टिवल जापानस्थित नेपाली समुदायलाई एक ठाउँमा ल्याउँदै आपसी सद्भाव र उत्सवको माहोल सिर्जना गर्ने विश्वास गरिएको छ।
प्रवेश निःशुल्क रहेको यस फेस्टिवलमा सहभागी भई नेपाली संस्कृतिको झल्को दिन आयोजकले सम्पूर्ण नेपाली तथा विदेशी समुदायलाई हार्दिक आमन्त्रण गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




