टोकियो/जापान। जापानमा सन् २०२६ अप्रिलदेखि साइकल चढ्नेहरूको लागि नयाँ कडा नियम लागू हुने भएको छ। अब ट्राफिक नियम उल्लङ्घन गरेमा साइकल चालकले पनि कार चालकसरह ‘ निलो चिट’ पाउनेछन् र जरिवाना तिर्नुपर्नेछ।
पैदलमार्गमा साइकल चलाउनेलाई ६ हजार येन जरिवाना लाग्नेछ। यो नियम लागू भएपछि टोकियो लगायतका सहरहरूमा धेरै साइकल यात्रीहरू चिन्तित देखिएका छन्।
यस नियम अनुसार कसैले मोबाइल हेर्दै साइकल चलाएमा १२ हजार येन, इयरफोन लगाएर साईकल चलाएमा ५ हजार येन, सडकमा उल्टो दिशाबाट साईकल चलाउँदा ६ हजार येन, र समूहमा सँगै साइकल चलाउँदा ३ हजार येन जरिवाना तिर्नु पर्नेछ।
सबैभन्दा धेरै पाइने उल्लङ्घन भने पैदलमार्गमा साइकल चलाउने हो। अभिभावकहरू खासगरी यस नियममा चिन्तित छन्। उनीहरूका अनुसार बच्चाहरूलाई मुख्य सडकमा साइकल चलाउन पठाउनु खतरनाक छ। तर पैदलमार्गमा साईकल चलाउँदा अब जरिवाना लाग्नेछ।
“हामी ठूला मान्छे केही न केही गर्न सक्छौं, तर बच्चाहरूको सुरक्षाका लागि पैदलमार्गमै चलाउनुपर्ने हुन्छ,” एकजना बाबुले भनेका छन्।
सरकारले भने ट्राफिक सुरक्षाका लागि नयाँ नियम आवश्यक भएको स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




