
टोकियो/जापान। जापानमा गर्मीका कारण अवस्था जटिल बन्दै गएको छ। अग्नि तथा प्रकोप व्यवस्थापन एजेन्सीका अनुसार जुन १६ देखि जुन २२ सम्मको एक हप्तामा देशभरि ८ हजार ६०३ जना मानिसहरुलाई गर्मीले निम्त्याउने लक्षण जस्तै हीटस्ट्रोकका कारण अस्पताल भर्ना गरिएको छ।यो संख्या अघिल्लो साताको तुलनामा नौ गुणा बढी हो।
क्षेत्रगत विवरणअनुसार सबैभन्दा धेरै बिरामी टोकियोमा रहेका छन्, जहाँ ८९६ जना उपचारका लागि अस्पताल लगिएको छ। त्यसपछि आइचि प्रिफेक्चरमा ७०६ जना र साइतामा प्रिफेक्चरमा ६४८ जना प्रभावित भएका छन्।
१४ वटा प्रिफेक्चरहरुमा गरी कुल १८ जनाको ज्यान गएको पुष्टि गरिएको छ। मृतकमा कानागावा, ओसाका र ओकिनावाजस्ता प्रान्तहरूका नागरिकहरू छन्।
गम्भीर अवस्थामा परेका २१० जनालाई तीन हप्ताभन्दा बढी अस्पतालमा राखेर उपचार गर्नु परेको छ भने ३ हजार ३२ जनालाई छोटो अवधिका लागि अस्पताल भर्ना गरिएको छ।उमेर समूह अनुसार हेर्दा, ६५ वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धा प्रभावितहरूको ठूलो हिस्सा रहेका छन्। कुल संक्रमितमध्ये ५ हजार ३१६ जना अर्थात् ६१ दशमलव ८ प्रतिशत वृद्धवृद्धा रहेका छन्।
एजेन्सीले नागरिकहरूलाई प्रशस्त पानी पिउन, निदाउँदा एयर कन्डिसनरको प्रयोग गर्न र अन्य पूर्वसावधानी अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




