ओसाका, जापान । दोलखा समाज जापान केन्द्रिय समितिले समर पिकनिक (बार्बिक्यू)कार्यक्रम गत आईतबार टोकियोमा सम्पन्न गरेको छ । जुनको २२ तारिख टोकियोको कासाई रिन्काई पार्कमा जापानमा रहेका दोलखाबासी तथा अन्य नेपालीहरुको सहभागितामा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको समाजका अध्यक्ष संजिव पोखरेलले जानकारी दिनु भयो।
दोलखालीहरु बीचमा भाईचाराको सम्बन्ध कायम राख्दै एक अर्कालाई जानकारी रहेको विषयमा सकेको सहयोग पुर्याउन तथा पारिवारिक बातावरणमा सबैको साथ र सहयोग सदैब रहने अटुट रहने बिश्वास बाबिक्यू कार्यक्रमको उद्देश्य रहेको पोखरेलले जानकारी दिनु भयो ।
समाजको सांस्कृतिक कार्यक्रमलाई थप उत्साहपूर्ण बनाउनको लागि समाजका संस्थापक अध्यक्ष एवम् संरक्षक नवराज थापाले एक लाख यॆन बराबकरको स्पिकर सेट खरिद गरी समाजलाई प्रदान गर्नू भएको थियो ।
बार्बिक्युको लागि खर्च भएको रकम बराबरको सहयोग समाजका अध्यक्ष सन्जिब पोखरेल सहयोग गर्नू भएको र सोही रकम दोलखा समाज जापानले स्थापना गर्न लागेको आपतकालीन अक्षयकोषको लागि पाँच लाख येन रकम सहयोग गर्नू भएको थियो । कोषको संचालन र कार्यविधी संस्थाका संस्थापक, अग्रज व्यक्तित्वहरु संग बृहत छलफल गरी संचालनमा ल्याउने समेत जानकारी दिनु भयो । सोही अवसरमा समाजका सचिव तिलक खतिवडाले अक्षयकोष स्थापनाका लागि पचास हजार येन सहयोग समेत गर्नु भएको थियो । बार्बिक्यूमा विविध मनोरञ्जनात्मक कार्यक्रले थप उत्साह र रमाईलो भएको र हरेक वर्ष समाजले यस्ता कार्यक्रम आयोजना गरिरहने महासचिव अनुप खड्काले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




