टोकियो/जापान। जापानमा जुलाई महिनामा मूल्यवृद्धि हुने तय भएका खाद्य सामग्रीहरू २ हजार १ सय ५ वटा भन्दा बढी पुगेका छन्। यो संख्या अघिल्लो वर्षको यही महिनामा मूल्य बढेका वस्तुहरूको तुलनामा पाँच गुणा धेरै हो।

निजी अनुसन्धान संस्था “तेइकोकु डाटा बैंक” का अनुसार, गत वर्ष जुलाई महिनामा मूल्य बढेका वस्तुहरूको संख्या ४ सय १८ वटा थियो भने यो वर्षको जुलाई महिनामा सो संख्या पाँच गुणा वृद्धि भई २ हजार १ सय ५ वटा पुगेको छ।

वर्ग अनुसार हेर्दा, सबैभन्दा धेरै वृद्धि करि मसला तथा दाल, सुप, चाउमिन र खाना पकाउने तेल लगायतका वस्तुहरूमा भएका छन् ।

चकलेट जस्ता ‘मिठाई तथा स्न्याक्स’ मा पनि यस पटक चार महिनापछि पहिलो पटक सय वटा भन्दा बढी वस्तुहरू मूल्यवृद्धिको सूचीमा परेका छन्।

कच्चा पदार्थको मूल्य वृद्धि, साथै विद्युत र इन्धन खर्च, ढुवानी लागत र मजदुरी खर्च बढ्नुलाई मूल्यवृद्धिको प्रमुख कारण मानिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार