टोकियो/जापान। ५ तारिखको बिहान दक्षिण चाईना सागरमा ताईफु ४ उत्पन्न भएको छ। यो ताईफु आउँदो हप्ता जापानको ओकिनावा प्रिफेक्चर अन्तर्गत पर्ने साकिशिमा टापुहरूसम्म नजिकिन सक्ने खतरा रहेकोले मौसम विभागले आगामी जानकारीप्रति सतर्क रहन आग्रह गरेको छ।

जापान मौसम विभागका अनुसार, ५ तारिख बिहान ३ बजे, दक्षिण चीन सागरमा रहेको एउटा उष्णकटिबन्धीय न्यूनचाप क्षेत्र ताईफुमा परिणत भएको हो।

ताईफुको केन्द्रमा वायुचाप ९९६ हेक्टोपास्कल छ। केन्द्र नजिकको अधिकतम हावाको गति प्रति सेकेन्ड १८ मिटर र अधिकतम झट्का २५ मिटर प्रति सेकेन्ड रहेको छ।हाल ताईफु लगभग स्थिर अवस्थामा रहे पनि, अब उत्तरतर्फ सर्ने अनुमान गरिएको छ र आउँदो हप्ता ओकिनावा प्रिफेक्चरको साकिशिमा टापुहरूसम्म पुग्ने सम्भावना छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार