टोकियो/जापान। लगातार अत्यधिक गर्मी भइरहेका बेला, आज जुलाई ६ तारिख पनि जापानको पश्चिमी र पूर्वी क्षेत्रहरूमा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको छ। यसैले हिटस्ट्रोक(गर्मीबाट हुने बिरामी)बाट बच्न विशेष सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ।

जापान मौसम विभागका अनुसार ६ तारिखमा पनि पश्चिम जापान उच्च वायुमंडलीय दबाव प्रणालीको प्रभावमा आउनेछ, जसका कारण प्रायः क्षेत्रहरूमा आकाश सफा रहनेछ र तापक्रम अझै बढ्नेछ।
आजको अनुमानित अधिकतम तापक्रम- नागोया,क्योटो र कोफुमा ३७ डिग्री,हिरोशिमा र ताकामाचुमा ३६ डिग्री,टोकियो,ओकायामा र फुकुओकामा ३५ डिग्री, ओसाका र यामागातामा ३४ डिग्री, तोयामा र माचुएमा ३३ डिग्री कायम रहने अनुमान गरिएको छ ।

उच्च गर्मी बढेपछि जापानको – टोकियो, चिबा, खानागावा, यामानाशी, आइची, मिए, वाकायामा, हिरोशिमा, सिमाने, तोकुसिमा, खागावा, एहिमे, तथा क्युशु क्षेत्रमा हिटस्ट्रोक चेतावानी जारी गरिएको छ। विशेषगरी टोकियो र खानागावामा यो सिजनमा पहिलो पटक यस्तो अर्लर्ट जारी गरिएको हो।

हिटस्ट्रोकबाट बच्न निम्नलिखित सावधानीहरु अपनाउनुहोस – घरभित्र वा अफिसमा एयर कन्डिसनर (AC) को उचित प्रयोग गर्नुहोस्।प्रशस्त मात्रामा पानी र नुनयुक्त पेय पदार्थ पिउनुहोस्।बाहिर काम गर्दा बारम्बार विश्राम लिनुहोस्।बालबालिका, वृद्ध तथा बिरामीहरूलाई विशेष ध्यान दिनुहोस्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार