टोकियो/जापान।जापानका घरपरिवारहरूले मे महिनामा सन् २०२२ को गर्मी यताकै धेरै खर्च गरेका छन्। लगातारको महँगीका बाबजुद, यो खर्च वृद्धिले अमेरिकी भन्सार शुल्कले पारेको नकारात्मक असरबीच जापानी अर्थतन्त्रलाई केही राहत दिएको देखिएको छ।

जापानको आन्तरिक मामिला मन्त्रालयका अनुसार, मूल्य समायोजनसहितको पारिवारिक खर्च गत वर्षको सोही महिनाको तुलनामा ४.७% ले बढेको छ।यो वृद्धिदर अर्थशास्त्रीहरूले अनुमान गरेको १.२% को औसत पूर्वानुमानभन्दा धेरै हो।

मन्त्रालयका एक अधिकारीका अनुसार, कार खरिदमा भएको उल्लेख्य वृद्धिले समग्र खर्च वृद्धिमा ठूलो भूमिका खेलेको छ।तर यो वृद्धि अघिल्लो वर्ष सुरक्षा प्रमाणपत्र काण्डका कारण घटेको बिक्रीसँग तुलना गर्दा उच्च देखिएको हो।त्यसैले यसलाई स्थायी प्रवृत्तिको रूपमा लिन नमिल्ले विज्ञहरुको राय रहेको छ।

जापान भित्र र बाहिरको पर्यटनमा खर्च बढेको देखिएको छ।यस्तै, बाहिरी खाना पनि खर्च वृद्धि भएको छ।यसले उपभोक्ता गतिविधिमा सकारात्मक संकेत दिएको भए पनि यो दीर्घकालीन रुपमा टिक्न सक्छ या सक्दैन भन्ने प्रश्न उब्जिएको छ।

मानिसहरुले अधिक खर्च गरेको देखिएपनि महँगी र तलबबीच असन्तुलन भने कायमै रहेको छ ।मूल्यवृद्धि लगातार जापानको केन्द्रीय बैंकको २% लक्ष्यभन्दा माथि रहेको छ। नोमिनल तलब वृद्धि भए पनि, मूल्य समायोजन गरेपछि वास्तविक तलब ४ महिना लगातार घटेको छ।त्यसैले तलब वृद्धिले महँगीको। असरलाई कम गराउन सकेको छैन । मे महिनाको तलबसम्बन्धी नयाँ तथ्याङ्क आउँदो सोमबार (जुलाई ८) सार्वजनिक हुने अपेक्षा छ।

महँगीले आम उपभोक्ताको खर्च क्षमतामा दबाब कायम राखिरहेको छ।तलब वृद्धिका बाबजुद वास्तविक आयमा गिरावटले दैनिक जीवनयापन थप कठिन बनाइरहेको छ। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार वार्ताको नतिजाले पनि आगामी दिनमा आर्थिक मनोबल र धारणामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार