टोकियो/ जापान । जुलाई ५ मा ठूलो भूकम्प वा प्राकृतिक विपद् आउँछ भन्ने हल्लाले जापानभरि त्रास फैलायो । हल्लाकै कारण फैलिएको त्रास अझै कायम छ। कुनै वैज्ञानिक प्रमाण नभएको यो अफवाहले जापानको पर्यटन क्षेत्रमा गम्भीर असर पारेको छ। चिन्ताजनक रूपमा, भ्रमका कारण जापानको पर्यटनबाट हुने आम्दानीमा ५ खर्ब ६० अर्ब येनभन्दा बढीको गिरावट भएको अनुमान गरिएको छ।

यो अफवाह एकजना लेखकले देखेको सपनालाई आधार बनाएर बनाइएको कमिक(माङ्गा) पुस्तकबाट फैलिएको थियो। उक्त पुस्तकमा “२०२५ को जुलाईमा ठूलो विपद् आउँछ” भन्ने उल्लेख छ, जुन चीन र दक्षिण कोरियामा समेत अनुवाद भई लोकप्रिय बनेको छ। सामाजिक सञ्जालमा भाइरल भएपछि, सपना देखिएको मिति जुलाई ५ मा भूकम्प आउने भनेर हल्ला फैलियो। जसलाई जापान मौसम विज्ञान एजेन्सीले भकम्प आउने कुनै वैज्ञानिक आधार नभएको भनेर पटक- पटक अपवाहको पछि नलाग्न आग्रह गरेको थियो ।

त्यसका बाबजुद पनि खागोसिमा सहरका होटेलहरूले मे महिनाको मध्यदेखि नै हङकङका पर्यटक समूहहरूले बुकिङ रद्द गर्न थालेको बताएका छन्। एक होटेल कर्मचारीले भने- “१७ वटा समूहले बुकिङ रद्द गरिसके। भूकम्पको हल्ला, टोकारा टापु क्षेत्रको हज्जारौँ। कम्पन र शिनमएदाके ज्वालामुखीको विस्फोटका कारण कागोशिमा घुम्न आउने पर्यटक घटेका छन्।”

यसरी भ्रममा परेर भ्रमण बुकिंगहरु रद्द गर्दा जापानको इनबाउन्ड (विदेशी पर्यटक) आम्दानीमा ठूलो गिरावट ल्याएको हो।नोमुरा अनुसन्धान संस्थानका विश्लेषक तोकिहिदे कीउचिको अनुमानअनुसार, भ्रमका कारण करिब ५ खर्ब ६० अर्ब येन बराबरको आम्दानी गुम्न सक्छ।

जापान मौसम विज्ञान एजेन्सीले अफवाह र यथार्थबीच भिन्नता स्पष्ट पार्दै,भूकम्प-सुनामी निगरानी विभागका प्रमुख एबिता आयातकाले भने-
“वैज्ञानिक आधार नभएका कुरामा विश्वास नगर्नुस्। हामी प्रमाणमा आधारित जानकारीमात्रै दिन्छौँ, अनि जे थाहा छैन, त्यसलाई स्पष्ट रूपमा थाहा छैन भनेर पनि भन्छौँ।”

यद्यपी यो अफवाहकारुपमा फैलिएको भएतापनि जापान उच्च भुकम्पिय जोखिम भएको मुलुक हो । यहाँ जुनसकुसै समय जुनसकुकै स्थानमा ठूला भुकम्पहरु जान सक्छन् । त्यसका लागि विपतको समयका लागि पूर्वतयारी भने गर्नु आवश्यक छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार