नागोया/जापान। धादिङ समाज जापान क्षेत्रीय समितिद्वारा नागोयाद्वारा आयोजित आपत्कालीन राहतकोष सहयोगार्थ बार्बेक्यु (BBQ) कार्यक्रम सम्पन्न भएको छ।

समाजले जनाए अनुसार कार्यक्रम जापानको नागोयामा आज १२ जुलाईका दिन भव्य रूपमा सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रीय अध्यक्ष विमल श्रेष्ठ, महासचिव सुशान्त बानियाँ तथा संस्थाका संरक्षक लगायतका विभिन्न पदाधिकारीहरू तथा जापानको नागोया र त्यस वरपर क्षेत्रका धादिङेलीहरू सक्रिय रूपले सहभागी भएका थिए।

कार्यक्रममा धादिङ समाज जापानका शीर्ष तहका प्रतिनिधिहरू मात्र नभई, अन्य क्षेत्रीय तथा जातीय संघसंस्थाका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। आपसी सहकार्य, भाईचारा र सहयोग अभिवृद्धिका उद्देश्यले गरिएको यो बार्बेक्यु कार्यक्रमले धादिङेलीहरूबीच एकताको भावना अझ प्रगाढ बनाएको आयोजकको भनाई रहेको छ।

कार्यक्रममार्फत संकलित सहयोग रकम आपत्कालीन अवस्थाहरूमा प्रयोग गरिने लक्ष्य लिइएको आयोजकहरूले जानकारी दिएका छन्। यस किसिमका सामाजिक क्रियाकलापहरू आगामी दिनहरूमा अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने प्रतिबद्धता आयोजक समितिले व्यक्त गरेको छ।

धादिङ समाज जापानले विगतदेखि नै जापानमा बसोबास गर्ने धादिङेलीहरूबीच सहकार्य, सहयोग र सञ्जाल विस्तारको माध्यमबाट एकजुटता निर्माणमा निरन्तर काम गर्दै आएको छ। यस्तो खालको कार्यक्रमले जापानस्थित नेपाली समुदायबीचको सम्बन्धलाई समेत सुदृढ बनाउने विश्वास लिइएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार