टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको आगामी कार्यकालका लागि अध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्।

जुलाई १२ तारिख शनिबार टोकियोमा आयोजित उम्मेदवारी घोषणा तथा भेटघाट कार्यक्रममा श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिएको सार्वजनिक रूपमा घोषणा गरेका हुन्।

हाल एनआरएनए जापानका उपाध्यक्ष रहेका श्रेष्ठले सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन्। प्रष्ट विचार राख्ने श्रेष्ठ सामाजिक संघ संस्थामा हुने विकृति र व्यथितिप्रति खरोरुपमा प्रस्तुत भइ सुधारका लागि कटिबद्ध रहने व्यक्तिकारुपमा परिचित छन् ।

श्रेष्ठले आफू सधैं कामलाई प्राथमिकतामा राख्ने, बाचा होइन व्यवहारमा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै सामाजिक अभियानमा दिएको समय, निरन्तरता र योगदानका आधारमा एनआरएनए जापानलाई अझ चुस्त, पारदर्शी र जिम्मेवार बनाउन नेतृत्व लिनुपर्छ भन्ने महशुस गरि उम्मेदवारी दिएको घोषणा गरेका छन् ।

एनआरएनए जापानको १२ औं महाधिवेशन यही जुलाई २० तारिख आइतबार  हुनेछ भने जुलाई २७ मा आगामी कार्यकालको लागि निर्वाचन तय गरिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार