टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका वर्तमान उपाध्यक्ष सुभाष लामिछानेले आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

जुलाई १२ शनिबार टोकियोमा आयोजित एक कार्यक्रमकाबीच लामिछानेले आफ्नो चुनावी घोषणापत्र र भावी योजनासहित औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन्।

सन् २०११ देखि जापानमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका लामिछानेले नेपाली समुदायमा विभिन्न सामाजिक संघसंस्थाहरूको नेतृत्व सम्हाल्दै आएका छन्। लामिछानेले पर्वत समाज जापानको सदस्य, उपाध्यक्ष र अध्यक्षसम्मको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन् भने एनआरएनए जापानमा प्रवक्ता हुँदै वर्तमान उपाध्यक्षकारुपमा क्रियाशिल रहेका छन् ।उनि संस्थागत अनुभवसहित एनआरएनए जापानको नेतृत्वमा उत्रिन चाहेका हुन्।

उम्मेदवारी घोषणापछि उनले आफूले एनआरएनए जापानलाई समावेशी, सक्षम र उत्तरदायी बनाउन सशक्त योजनाहरू अघि सारेको जनाएका छन्।

एनआरएनए जापानको १२ औं महाधिवेशन यही जुलाई २० तारिख आइतबार बिहान ११ बजेबाट सुरु हुनेछ भने २७ जुलाईमा आगामी नेतृत्वका लागि निर्वाचन तय गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार